Published On:Thursday, March 26, 2015
Posted by my storry

गुल्मी महोत्सवको आयव्यय सार्वजनिक ३६ लाख आम्दानी


अनिल खत्री गुल्मी चैत्र १२ ÷ 
कृषि, पर्यटन र उद्योग व्यापारको प्रवर्धन गर्ने उद्देश्यका साथ तम्घासमा समपन्न दोस्रो गुल्मी महोत्सवको आय व्याय सार्वजनिक तथा टिकटमा उपहारमा राखिएको मोटरसाईकल चिठ्ठा खोल्ने कार्यक्रम सम्पन्न भएको । गुल्मी उद्योग वाणिज्य संघले ‘गुल्मी जिल्लाको समग्र विकासको आधार कृषि, पर्यटन, उद्योग र ब्यापार’ भन्ने नाराका साथ गत फागुन २२ देखि चैत्र १ गते सम्म सम्पन्न भएको महोत्सवको बिहिबार तम्घासको बालमन्दीरमा सम्पन्न एक कार्यक्रमका बिच महोत्सवको आयव्यय तथा टिकटमा उपहारमा राखिएको मोटरसाईकल चिठ्ठा खोलिएको हो । कार्यक्रममा महोत्सव मुल आयोजक समितीका आर्थिक संयोजक एबं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका निर्वतमान अध्यक्ष कृष्णप्रसाद भण्डारी द्धारा प्रस्तु आयव्ययमा १ करोड ६४ लाख ७ हजार ६सय ६३ रुपयाको आम्दानी भएको बताइएको छ । आम्दानी मध्ये ६९लाख ५० हजार २ सय ६७ रुपया खर्च भएको छ । महोत्सवबाट ३६ लाख ९७ हजार ३ सय ९६ बचत भएको छ । कार्यक्रममा महोत्सव सफल बनाउन सहयोग गर्ने बिभिन्न कार्यलय, आमा समुह, बिद्यालय, संघ संस्थालाई सम्मान पत्र एबं मायाको चिनो प्रदान गरिएको थियो । महोत्सवमा सबै भन्दा वढी सॉस्कृतिक कार्यक्रममा खर्च भएको छ भने सबै भन्दा कम खानेपानी व्याबस्थापनमा भएको प्रस्तुत आयव्ययमा उल्लेख छ । सॉस्कृतिक कार्यक्रममा १४ लाख खर्च भएको छ भने सबै भन्दा कम खानेपानी व्याबस्थापन १६ हजार खर्च भएको छ । महोत्सवमा टिकट उपहारमा राखिएको मोटरसाईकल उपहार पनि खोलीएको छ । महोत्सव स्थलमा प्रबेसका लागी काटिएका टिकट मध्येबाट ११ हजार ३ सय ५१ नम्बरको टिकटलाई मोटरसाईकल उपहार परेको छ । टिकट उपहार खोल्ने कार्यक्रममा यो समाचार तयार पार्दा सम्म उपहार परेको ब्यक्ती सम्पर्कमा नआएको आयोजकले जनाएको छ । टिकट उपहारमा परेको नम्बरको कुनै ब्यक्ती संग भए एक हप्ताभित्र गुल्मी उद्योग वाणिज्य संघ गुल्मीमा सम्पर्क गर्न समिने वाणिज्य संघ गुल्मीका महासचिव कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । दस दिन सम्म तम्घासमा चलेको महोत्सवमा बिभिन्न औधोगिक वस्तुहरु सगै कृषि जन्य सामाग्रीहरुको १ सय ७० स्टलहरु रहेका थिए । महोत्सवमा ५ करोडभन्दा बढीको आर्थिक कारोवार भएको बाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिनुभयो । महोत्सवमा ३ लाख भन्दा वढी दर्शकहरूले अवलोकन गरेको वाणिज्य संघ गुल्मीका सदस्य एबं टिकट संयोजक रामप्रसाद पन्थीले जानकारी दिनुभयो । महोत्सवमा आम्दानी भएको रकम गुल्मीमा अहिलेसम्म २÷३ सय मानिसहरु अटाउने सभाहलको समस्या रहेकाले त्यो आम्दानी भएको रकमबाट सभाहल निमार्ण गर्ने र केही प्रतिशत अन्य सामाजिक कार्यमा खर्चिने बाणिज्य संघ गुल्मीका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाका बिभिन्न कार्यलयका कार्यलय प्रुमखहरुको सहभागिता रहेको थियो कार्यक्रम वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले आर्थिक आयव्यय प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संञ्चालन महासचिव कृष्ण प्रसाद पोखरेलको गर्नुभएको थियो । महोत्सवबाट गुल्मी जिल्लाको घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्व पुर्ण भुमिका रहको वाणिज्य संघ गुल्मीका महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनु भयो ।

0 comments for " गुल्मी महोत्सवको आयव्यय सार्वजनिक ३६ लाख आम्दानी "

Leave a reply

    Popular Posts

    Blog Archive