Published On:Saturday, March 28, 2015
Posted by Unknown
रामचन्द्र पौडेलसँग डा. केसीको दोहोरी
१५ चैत्र, काठमाण्डौ - रामचन्द्र पौडेल - डाक्टर साब नमस्ते । म रामचन्द्र । अनि कस्तो छ हजुरलाई ?
केसी -मसिनो स्वरमा ठिकै छ ।
पौडेल - होइन के हो कुरा, हिजो सरकारले दुई मन्त्री सम्मिलित टोली बनाएर
भेट्न पठाएको थियो, तपाइँले उनीहरुसँग कुरा गर्दिन भन्नुभएछ । किन त्यो
गर्नुभयो ?
केसी - भनेपछि तपाई पनि मेरो १० बुदेँ माग नपढी आउनुभएछ । आफ्नो बेडमाथिको
भित्तामा टाँसिएको फ्लेक्स देखाउँदै, पहिले यो पढ्नुस अनि म सँग कुरा
गर्नुस ।

केसी -कुरो के हो भने मेरो मागलमा जसलाई कारवाही गर्नुपर्छ भनेको छु,
त्यही व्यक्तिलाई सरकारले वार्ताटोलीमा राखेर सरकारले आन्दोलनको अपमान
गरेको होइन ? म किन उनीहरुसँग वार्ता गर्ने ?
पौडेल- ल तपाइँको माग जाजय छ । मेरो तर्फबाट हजुरलाई नैतिक सद्भाव छ भन्न
आएको हुँ । माग पूरा गराउन सरकारलाई के गर्नुपर्छ मेरो तर्फबाट हुन्छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।