Published On:Sunday, March 29, 2015
Posted by Unknown
विश्वकप क्रिकेट २०१५मा कसले कति रकम पुरस्कार पाए?
अष्ट्रेलिया र न्यूजिल्याण्डमा आइतबार सम्पन्न विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले हात पारेको छ।
करिब डेढ महिना लामो समयसम्म विश्वकपको उपाधि पाँचौ पटक अष्ट्रेलियाले
जित्यो। यो विश्वकपमा अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले १ करोड २ लाख
२५ हजार अमेरिकी डलर पुरस्कार वितरण गर्यो। अघिल्लो विश्वकपको तुलनामा २०
प्रतिशतले पुरस्कार रकम बृद्धि गरेको आइसिसीले यस विश्वकपमा कुन टोलिलाई
कति दियो।
अष्ट्रेलिया : ४१ लाख ७७ हजार डलर
उपाधि वितेता टोली अष्ट्रेलियाले जितसँगै कुल ४१ लाख ७७ हजार डलर पुरस्कार
प्राप्त गरेको छ । उपाधि जितेकोमा ३९ लाख ७५ हजार अमेरिकी डलर तथा समूह
चरणमा चार खेल जितेकोमा प्रति जित ४५ हजार अमेरिकी डलर पाएको हो। यस्तै १
खेलमा बरावरी खेलेको अष्ट्रेलियाले बराबरीका २२ हजार ५ सय डलर पनि पायो।
जित र बराबरीबाट मात्र उसले २ लाख २ हजार पाँच सय डलर पायो।
न्युजिल्याण्ड : २० लाख ७५ हजार डलर
पहिलो पटक विश्वकपमा पुगेर उपविजेतामा चित्त बुझाएको न्युजिल्याण्डले २०
लाख ७५ हजार डलर हात पारेको छ। उपविजेता बापतको १७ लाख ७५ हजार र समूह
चरणमा जितेका ६ खेलको प्रतिखेल ४५ हजार डलरका दरले २ लाख ७० हजार डलरसहित
न्यूजिल्याण्डले कुल २० लाख ७५ हजार डलर पाएको हो।
भारत : ८ लाख ९० हजार डलर
डिफेन्डिङ च्याम्पियन भारत यो पटक सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित
हुँदै बाहिरिएको थियो। सेमिफाइनलसम्म पुगेको भारतले यसपटक कुल ८ लाख ९०
हजार डलर पुरस्कार पायो। सेमिफाइनलमा बाहिरिएको टोलीले पाउने ६ लाख डलर र
समूह चरणमा जितेका ६ खेलको प्रति खेल ४५ हजार डललरका दरले २ लाख ७० हजार
डलरसहित उक्त रकम पाएको हो।
दक्षिण अफ्रिका : ७ लाख ८० हजार डलर
यस्तै सेमिफाइनलमा आयोजक न्यूजिल्याण्डसँग पराजित दक्षिण अफ्रिकाले कुल ७
लाख ८० हजार डलर प्राप्त गरेको छ । दक्षिण अफ्रिकाले सेमिफाइनलबाट बाहिरिने
टोलीले प्राप्त गर्ने ६ लाख र समूह चरणमा ४ खेलबाट ४५ हजारका दरले १ लाख
९० हजार डलल पुरस्कार पाएको हो।
श्रीलंका : ४ लाख ९० हजार डलर
विश्वकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको श्रीलंकाले कुल ४ लाख ९०
हजार डलर प्राप्त गरेको छ । क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३
लाख डलर र समूह चरणमा ४ खेलबाट जित हात पारेको उसले प्रति खेल ४५ हजार
डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो ।
पाकिस्तान : ४ लाख ९० हजार डलर
विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको पाकिस्तानले पनि कुल ४ लाख ९० हजार
डलर प्राप्त गरेको छ । पाकिस्तानले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त
गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ४ खेलका लागि प्रति खेल ४५
हजार डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो।
बंगलादेश : ४ लाख ५७ हजार ५ सय डलर
पहिलो पटक विश्वकपको दोस्रो चरणमा पुगेको बंगलादेश क्वाटरफाइनलबाटै
बाहिरिए पनि कुल ४ लाख ५७ हजार ५ सय डलर प्राप्त गरेको छ। बंगलादेशले
क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित
हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार र बराबरी खेलेको एक खेल बापत २२
हजार ५ सय डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो।
वेस्ट इण्डिज : ४ लाख ३५ हजार डलर
क्वाटरफाइनल सम्म खेलेको वेस्ट इण्डिजले कुल ४ लाख ३५ हजार डलर पुरस्कार
पाएको छ। वेष्ट इण्डिजले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३
लाख डलर समूह चरणमा जित हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार डलरका
दरले १ लाख ३५ हजार डलर प्राप्त गरेको हो।
आयरल्याण्ड : १ लाख ७० हजार डलर
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेपनि रन रेटका आधारमा पछि पर्दै
प्रतियोगिताबाट बाहिरिएको एशोसिएट राष्ट्र आयरल्याण्डले कुल १ लाख ७० हजार
डलर पुरस्कार पाएको छ।
समूह चरणमा जित हात पारेका ३ खेलमा प्रति खेल ४५ हजार डलर र समूह चरणबाट
बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो।
इंग्ल्याण्ड : १ लाख २५ हजार डलर
समूह चरणबाटै बाहिरिएको इंग्ल्याण्डले यो विश्वकपमा १ लाख २५ हजार डलर
पुरस्कार पाएको छ। इंग्ल्याण्डले समूह चरणमा जित हात पारेका २ खेलमा प्रति
खेल ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर
प्राप्त गरेको हो।
जिम्बाबे : ८० हजार डलर
समूह चरबाटै बाहिरिएको दोस्रो टेष्ट खेल्ने राष्ट्र जिम्बावेले कुल ८०
हजार डलर प्राप्त गरेको छ। जिम्बावेले समूह चरणमा जित हात पारेको १ खेलमा
४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलरसहित
८० हजार पाएको हो।
अफगानिस्तान : ८० हजार डलर
पहिलो पटक विश्वकप खेलेको अफगानिस्तान समूह चरणबाट बाहिरिएको थियो।
एशोसिएट राष्ट्र अफगानिस्तानले कुल ८० हजार डलर पुरस्कार प्राप्त गरेको छ।
अफगानिस्तानले समूह चरणमा जित हात पारेको १ खेलमा ४५ हजार डलर र समूह
चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलरसहित ८० हजार डलर पाएको
हो।
युएई : ३५ हजार डलर
समूह चरणका सवै खेल हारेको राष्ट्र युएईले कुल ३५ हजार डलर प्राप्त गरेको
छ। युएईले समूह चरणबाट बाहिरिने टोलीले पाउने ३५ हजार डलर पाएको हो।
स्कटल्याण्ड : ३५ हजार डलर
समूह चरणबाट बाहिरिने दोस्रो टोली स्कटल्याण्डले पनि कुल ३५ हजार डलर
पाएको छ। स्कटल्याण्डले समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार
डलर प्राप्त गरेको हो। @setopati