Published On:Monday, March 30, 2015
Posted by Unknown

........यसरी शारीरिक भोक मेटाएर ऊ बेपत्ता भयो

झमक्क साँझ परिसकेको छ । भोटाहिटीभित्रको साँघुरो गल्लीमा  भेटिएकी उनको हाउभाऊ र भावभंगी बुझ्न कठिन थिएन । कलेटी परेको ओठ, फुङ्ग उडेको अनुहारमाथि बाध्यता र निराशाका रेखाहरू प्रष्टै पढ्न र बुझ्न सकिन्थ्यो । चिनजानको साथि मार्फत भेटिएकी उनीसँग प्रशंग कोट्याउनु परिचय दिनु अनिवार्य थियो ।  नाम र पेशा खुलाउँदा उनी उनी झस्किइन् र मेरो प्रश्नबाट बारम्बार उम्कन खोजिन् ।  किनकी उनको पेशाभित्र र समूहमा सञ्चारकर्मी र प्रहरीलाई हेर्ने दृष्टिकोणमा प्रशस्तै समानता थियो ।

 कुराकानीलाई सहज बनाउँदा नबनाउँदै झोलाको भित्री भागबाट नखोलेको एकबट्टा सूर्य चुरोट निकाल्दै सोधिन्– ‘चुरोट लिनु हुन्छ ?’  मैले लिने गरेको छैन भनेर आग्रह अस्वीकार गर्दानगर्दै उनले बट्टा खोलेर चुरोटको लामो सर्को तानिन् र धुवा जमिनमा हुत्याउँदै आफ्ना बाध्यताको बारेमा खोल्न थालीन् ।  त्यो अघि उसले केही शर्त तेर्स्याएकी थिई जुन स्वीकार्ने आश्वासन पनि दिइसकेको थिएँ ।

 यसपछि भने उसको शंका दूर भयो ।  ‘रहर होइन बाध्यता हो’  यो प्रश्न हेर्दा जति सरल लाग्छ त्यती नै यसभित्र जटिलता र जीवनको निरस कथा लुकेको छ भनेर सहज अनुमान लगाउन कठिन हुँदैन ।  ‘सुरुमा होटलमा वेटर गर्दथेँ’  रेकर्डर अन गरिसकेकाले उनले सम्हालिएरै जवाफ दिने कोसिसमा गरिरहेकी देखिन्थिन् । यद्यपी उनको असहजतालाई म पनि सजिलै अनुमान लगाउन सक्थेँ । 

‘यहाँ होइन अन्तै गएर कुरा गरौँ न’, कुराकानीकोबीचमै अनुरोध गरिन् ।   मैले पनि नकार्ने अवस्था थिएन  ।  त्यस पछि म उनको पछि लागेँ । गल्लीबाट केही पर पुगेपछि उसले चिनजानकै होटलमा पुर्याई । सायद उसले चिनेकै थियो  या उ बारम्बार त्यही होटलमा आउँदथी त्यो त म के जानू र !  टेवलमा बस्दा नबस्दै वेटर आयो र मेनु तेर्स्यायो ।  ‘चिया खाउँन है’  उसले पुनः आग्रह गरी ।  ‘हुन्छ ।’  मेरो जवाफ अघिको भन्दा केही छिटो थियो ।  त्यसपछि बताउन सुरु गरी उसले आफ्ना जीवनका पीडादायी कथाहरू ।  काठमाडौँ मेरो सपनाको सहर थियो । स्कूल पढ्दै गर्दा मैले काठमाडौँ पुगेर धेरै पैसा कमाउने सोचेकी थिएँ । त्यही सपना मुताविक म आजभन्दा त्यस्तै चार वर्ष अघि राजधानी आइपुगेकी हुँ ।

 राजधानी मेरा लागी जति नौलो थियो । उत्तिकै कौतुहलमय पनि । यहाँका मानिसहरूका दैनन्दिनका गतिविधीहरू र उनीहरूका क्रियाकलापहरू मलाई निकै रहस्यमय लाग्दथे । सवैको हतार र हतासाले मलाई आश्चर्य बनाउँथ्यो ।  दिनहरू वित्दै जाँदा म पनि कामको खोजीमा भौँतारिन थालेँ । त्यस्तैमा एकजना दाइसँग भेट भयो । उसले मलाई राम्रो काम लगाईदिने भन्दै आफ्नो, मान्छे विदेश पठाउने (म्यानपावर कम्पनी) अफिसमा बोलायो । र, भोली पल्टैबाट काम पनि लगाई दियो । त्यहाँ काम गर्ने क्रममा म राम्री देखेर उसको मन लोभ्भिएछ । यस्तैमा एक दिन उसले मलाई धेरै मायाँ गर्ने बतायो । उमेर र जवानीका कारण मैले के सही, के गलत बुझ्ने चेष्टा नै नगरी हुन्छ भनिदिएँ ।  उसले मलाई धेरै आश्वासन पनि दिएको थियो । त्यसवेला म्यानपावर व्यवसाय रामै फस्टाएको थियो । पैसा मनग्य कमाउँथ्यो । मलाई पनि राम्रै खर्च गथ्र्यो ।

म आफूलाई कोठा खर्च पुर्याएर गाउँमा पनि पैसा पठाउने गर्दथेँ । त्यसबाट परिवार पनि खुसी भएको थियो ।  पढाई पनि जारी थियो । कक्षा १२ मा पढ्थे त्यतीबेला म ।    आफूले पनि मन पराएको मान्छेसँग मन त साटियो नै तर कतिबेला कतिवेला बहकिएर तन पनि साट्न पुगिएछ । सामान्य आकार्षणबाट बसेको माया खै कतिखेर झांगियो र तन मन दुवै बाँड्ने तहमा पुग्यो केही खुट्याउनै सकिनँ ।  तर मेरो जीवन त्यसबेला बज्रपात आइलाग्यो जती बेला म्यानपावरबाट साउदी पठाएका चार युवा रित्तो हात नेपाल फर्किए । उनीहरू नेपालमात्र फर्किएनन् त्यो म्यानपावर मालिकलाई पनि पक्रिएर थुनामा हाले । कम्पनी ढाँटेर साउदी पठाएको भन्दै क्षतीपूर्ती दावी सहित तिनीहरूले प्रहरीमा उजुरी दिएका रहेछन् । तत्काल प्रहरीले एक्सन लिइहाल्यो । 

त्यसपछि ऊ थुनामा पर्यो । मेरो जागिर अलपत्र भयो । कम्पनी सामान्य थियो । धेरै काम गर्ने मानिसहरू पनि थिएनन् । मालिकै पक्राउ परे पछि म एकातिर कामविहिन भएँ भने अर्को तिर मेरो प्रेम पनि किनारा लाग्यो ।  पक्राउ परेको एक महिनासम्म त उसको आश गरेँ । तर, विगो धेरै देखिएकाले छिट्टै छुट्ने सम्भावना देखिएन । म काम खोज्न अर्को ठाउँ तिर जान थाले । म्यानपावरमा काम गर्दा अर्को एकजना दाइलाई चिनेको थिएँ । त्यो दाईले पनि म एउटा होटलमा काम मिलाई दिन्छु भन्यो ।  उसले बागबजारको एउटा होटलमा काममा लगाईदिन्छु, भोली फोन गरेर आऊ भन्यो । भोलीपल्टबाटै उसले होटलमा काममा लगाईदियो  ।

 म्यानपावर मालिक र मेरो प्रेम सम्बन्धको बारेमा उसलाई पनि थाह थियो । यसकारण ऊ पक्राउ परेपछि उसले मलाई आँखा गाडेको रहेछ । कुरैकुरामा उसले पनि मलाई मन पराउने र विहे गर्ने आश्वासन दियो र म पुनः बहकिएँ । छिट्टै विवाह गर्ने बताएकाले उसँग पनि शारीरिक सम्बन्ध रहन गयो । तर आफ्नो शारीरिक भोक मेटाएपछि र स्वार्थ पूर्ती भएपछि त्यो केटा एकाएक वेपत्ता भयो । र, कहिल्यै सम्पर्कमा आएन ।

 यता होटल साहुले पनि मान्छे बढी भएको भनेर कामबाट निकालिदियो । यस्तैमा दिन वित्दै थियो, एकदिन होटलमा आइरहने दिदीसँग अचानक बागबजारमै भेटभयो । उनले मलाई यस्तो काम गरौँ भनेर फकाईन् ।सुरुमा त मलाई अफ्ठ्यारो लागेको थियो । तर के गर्ने नचाँहदा नचाँहदै यस्तो पेशामा आउन करै लाग्यो । किनकी आवश्यकता निर्मम हुँदो रहेछ ।  सुरुमा तिनै दिदीको सम्पर्क र सम्बन्धका पुरुषसँग सम्बन्ध राख्न थाले । तर, अहिले आफैँ सम्पर्क बढाएकी छु । त्यस्तै सातामा ६÷७ जना युवकहरु नियमित सम्बन्धका लागि आउँछन् ।

उनीहरू सप्पै व्यावार व्यवसाय गर्दछन् । राम्रै पैसा दिन्छन् । उनीहरूले दिएको पैसाले घरमा पैसा पठाउने र आफ्नो जीवन निर्वाह गर्दैछु ।  घरमा बाआमा बुढा भइसक्नु भएको छ । एक जना भएको दाजु पनि बेग्लै बसेका छन् । अहिले आएर चाँही बाआमा र आफ्नो भविष्यले पीरोल्न थालेको छ ।र, यो पेसाबाट बाहिर आउने बारेमा सोचिरहेको छु । के सम्भव होला र ?  टिनिनिन्न.........  कुरा सक्दा नसक्दै उसको मोवाइलमा घण्टी बज्यो  हेल्लो भन्दै उ बाहिरीई ।  ‘मिलाएर छाप्नुहोला है’, ढोकाबाट बाहिरिँदै गर्दा उसले पुनः आग्रह गरी । 
(रीता शर्मा (नाम परिवर्तनसँग) कुराकानीमा आधारित) 
प्रस्तुतिः रामनाथ खनाल  @nepalpati.com
झमक्क साँझ परिसकेको छ । भोटाहिटीभित्रको साँघुरो गल्लीमा  भेटिएकी उनको हाउभाऊ र भावभंगी बुझ्न कठिन थिएन । कलेटी परेको ओठ, फुङ्ग उडेको अनुहारमाथि बाध्यता र निराशाका रेखाहरू प्रष्टै पढ्न र बुझ्न सकिन्थ्यो । चिनजानको साथि मार्फत भेटिएकी उनीसँग प्रशंग कोट्याउनु परिचय दिनु अनिवार्य थियो ।
नाम र पेशा खुलाउँदा उनी उनी झस्किइन् र मेरो प्रश्नबाट बारम्बार उम्कन खोजिन् ।  किनकी उनको पेशाभित्र र समूहमा सञ्चारकर्मी र प्रहरीलाई हेर्ने दृष्टिकोणमा प्रशस्तै समानता थियो ।
कुराकानीलाई सहज बनाउँदा नबनाउँदै झोलाको भित्री भागबाट नखोलेको एकबट्टा सूर्य चुरोट निकाल्दै सोधिन्– ‘चुरोट लिनु हुन्छ ?’
मैले लिने गरेको छैन भनेर आग्रह अस्वीकार गर्दानगर्दै उनले बट्टा खोलेर चुरोटको लामो सर्को तानिन् र धुवा जमिनमा हुत्याउँदै आफ्ना बाध्यताको बारेमा खोल्न थालीन् ।
त्यो अघि उसले केही शर्त तेर्स्याएकी थिई जुन स्वीकार्ने आश्वासन पनि दिइसकेको थिएँ ।
यसपछि भने उसको शंका दूर भयो ।
‘रहर होइन बाध्यता हो’
यो प्रश्न हेर्दा जति सरल लाग्छ त्यती नै यसभित्र जटिलता र जीवनको निरस कथा लुकेको छ भनेर सहज अनुमान लगाउन कठिन हुँदैन ।
‘सुरुमा होटलमा वेटर गर्दथेँ’
रेकर्डर अन गरिसकेकाले उनले सम्हालिएरै जवाफ दिने कोसिसमा गरिरहेकी देखिन्थिन् । यद्यपी उनको असहजतालाई म पनि सजिलै अनुमान लगाउन सक्थेँ ।
‘यहाँ होइन अन्तै गएर कुरा गरौँ न’, कुराकानीकोबीचमै अनुरोध गरिन् ।
मैले पनि नकार्ने अवस्था थिएन  ।
त्यस पछि म उनको पछि लागेँ । गल्लीबाट केही पर पुगेपछि उसले चिनजानकै होटलमा पुर्याई । सायद उसले चिनेकै थियो  या उ बारम्बार त्यही होटलमा आउँदथी त्यो त म के जानू र !
टेवलमा बस्दा नबस्दै वेटर आयो र मेनु तेर्स्यायो ।
‘चिया खाउँन है’
उसले पुनः आग्रह गरी ।
‘हुन्छ ।’
मेरो जवाफ अघिको भन्दा केही छिटो थियो ।
त्यसपछि बताउन सुरु गरी उसले आफ्ना जीवनका पीडादायी कथाहरू ।
काठमाडौँ मेरो सपनाको सहर थियो । स्कूल पढ्दै गर्दा मैले काठमाडौँ पुगेर धेरै पैसा कमाउने सोचेकी थिएँ । त्यही सपना मुताविक म आजभन्दा त्यस्तै चार वर्ष अघि राजधानी आइपुगेकी हुँ ।
राजधानी मेरा लागी जति नौलो थियो । उत्तिकै कौतुहलमय पनि । यहाँका मानिसहरूका दैनन्दिनका गतिविधीहरू र उनीहरूका क्रियाकलापहरू मलाई निकै रहस्यमय लाग्दथे । सवैको हतार र हतासाले मलाई आश्चर्य बनाउँथ्यो ।
दिनहरू वित्दै जाँदा म पनि कामको खोजीमा भौँतारिन थालेँ । त्यस्तैमा एकजना दाइसँग भेट भयो । उसले मलाई राम्रो काम लगाईदिने भन्दै आफ्नो, मान्छे विदेश पठाउने (म्यानपावर कम्पनी) अफिसमा बोलायो । र, भोली पल्टैबाट काम पनि लगाई दियो । त्यहाँ काम गर्ने क्रममा म राम्री देखेर उसको मन लोभ्भिएछ । यस्तैमा एक दिन उसले मलाई धेरै मायाँ गर्ने बतायो । उमेर र जवानीका कारण मैले के सही, के गलत बुझ्ने चेष्टा नै नगरी हुन्छ भनिदिएँ ।
उसले मलाई धेरै आश्वासन पनि दिएको थियो । त्यसवेला म्यानपावर व्यवसाय रामै फस्टाएको थियो । पैसा मनग्य कमाउँथ्यो । मलाई पनि राम्रै खर्च गथ्र्यो । म आफूलाई कोठा खर्च पुर्याएर गाउँमा पनि पैसा पठाउने गर्दथेँ । त्यसबाट परिवार पनि खुसी भएको थियो ।
पढाई पनि जारी थियो । कक्षा १२ मा पढ्थे त्यतीबेला म ।
आफूले पनि मन पराएको मान्छेसँग मन त साटियो नै तर कतिबेला कतिवेला बहकिएर तन पनि साट्न पुगिएछ । सामान्य आकार्षणबाट बसेको माया खै कतिखेर झांगियो र तन मन दुवै बाँड्ने तहमा पुग्यो केही खुट्याउनै सकिनँ ।
तर मेरो जीवन त्यसबेला बज्रपात आइलाग्यो जती बेला म्यानपावरबाट साउदी पठाएका चार युवा रित्तो हात नेपाल फर्किए । उनीहरू नेपालमात्र फर्किएनन् त्यो म्यानपावर मालिकलाई पनि पक्रिएर थुनामा हाले । कम्पनी ढाँटेर साउदी पठाएको भन्दै क्षतीपूर्ती दावी सहित तिनीहरूले प्रहरीमा उजुरी दिएका रहेछन् । तत्काल प्रहरीले एक्सन लिइहाल्यो ।
त्यसपछि ऊ थुनामा पर्यो । मेरो जागिर अलपत्र भयो । कम्पनी सामान्य थियो । धेरै काम गर्ने मानिसहरू पनि थिएनन् । मालिकै पक्राउ परे पछि म एकातिर कामविहिन भएँ भने अर्को तिर मेरो प्रेम पनि किनारा लाग्यो ।
पक्राउ परेको एक महिनासम्म त उसको आश गरेँ । तर, विगो धेरै देखिएकाले छिट्टै छुट्ने सम्भावना देखिएन । म काम खोज्न अर्को ठाउँ तिर जान थाले । म्यानपावरमा काम गर्दा अर्को एकजना दाइलाई चिनेको थिएँ । त्यो दाईले पनि म एउटा होटलमा काम मिलाई दिन्छु भन्यो ।
उसले बागबजारको एउटा होटलमा काममा लगाईदिन्छु, भोली फोन गरेर आऊ भन्यो । भोलीपल्टबाटै उसले होटलमा काममा लगाईदियो  ।
म्यानपावर मालिक र मेरो प्रेम सम्बन्धको बारेमा उसलाई पनि थाह थियो । यसकारण ऊ पक्राउ परेपछि उसले मलाई आँखा गाडेको रहेछ । कुरैकुरामा उसले पनि मलाई मन पराउने र विहे गर्ने आश्वासन दियो र म पुनः बहकिएँ । छिट्टै विवाह गर्ने बताएकाले उसँग पनि शारीरिक सम्बन्ध रहन गयो । तर आफ्नो शारीरिक भोक मेटाएपछि र स्वार्थ पूर्ती भएपछि त्यो केटा एकाएक वेपत्ता भयो । र, कहिल्यै सम्पर्कमा आएन ।
यता होटल साहुले पनि मान्छे बढी भएको भनेर कामबाट निकालिदियो । यस्तैमा दिन वित्दै थियो, एकदिन होटलमा आइरहने दिदीसँग अचानक बागबजारमै भेटभयो । उनले मलाई यस्तो काम गरौँ भनेर फकाईन् ।सुरुमा त मलाई अफ्ठ्यारो लागेको थियो । तर के गर्ने नचाँहदा नचाँहदै यस्तो पेशामा आउन करै लाग्यो । किनकी आवश्यकता निर्मम हुँदो रहेछ ।
सुरुमा तिनै दिदीको सम्पर्क र सम्बन्धका पुरुषसँग सम्बन्ध राख्न थाले । तर, अहिले आफैँ सम्पर्क बढाएकी छु । त्यस्तै सातामा ६÷७ जना युवकहरु नियमित सम्बन्धका लागि आउँछन् । उनीहरू सप्पै व्यावार व्यवसाय गर्दछन् । राम्रै पैसा दिन्छन् । उनीहरूले दिएको पैसाले घरमा पैसा पठाउने र आफ्नो जीवन निर्वाह गर्दैछु ।
घरमा बाआमा बुढा भइसक्नु भएको छ । एक जना भएको दाजु पनि बेग्लै बसेका छन् । अहिले आएर चाँही बाआमा र आफ्नो भविष्यले पीरोल्न थालेको छ ।र, यो पेसाबाट बाहिर आउने बारेमा सोचिरहेको छु । के सम्भव होला र ?
टिनिनिन्न.........
कुरा सक्दा नसक्दै उसको मोवाइलमा घण्टी बज्यो
हेल्लो भन्दै उ बाहिरीई ।
‘मिलाएर छाप्नुहोला है’, ढोकाबाट बाहिरिँदै गर्दा उसले पुनः आग्रह गरी ।
(रीता शर्मा (नाम परिवर्तनसँग) कुराकानीमा आधारित)
प्रस्तुतिः रामनाथ खनाल


- See more at: http://nepalpati.com/news/8146/Nepali-sex-workers#sthash.KHf8odNK.dpuf

0 comments for "........यसरी शारीरिक भोक मेटाएर ऊ बेपत्ता भयो"

Leave a reply

    Popular Posts

    Blog Archive