Published On:Saturday, March 28, 2015
Posted by Tekman Shakya
निता पुन मगरको “माछा मिठो” (भिडियो सहित)
कृष्ण आचार्य,यसो त धौलागिरी अञ्चलमा धेरै चर्चा कमाउन सफल लोक दोहोरीका सर्जकहरु छन । कुलेन्द्र विश्वकर्मा, देवि घर्ति, विमल राज क्षत्री, बसन्त थापा, विष्णु खत्री, रेशम सापकोटा लगायत राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल गायक–गायीक यहि धौलागिरीमै जन्मीएका हुन ।
त्यस्तै धौलागिरी अञ्चलको बागलुङ जिल्लामा जन्मीएकी अर्की प्रतिभाशाली गायीका हुन निता पुन मगर ।
आज भन्दा करिव १२ वर्ष पहिले यो क्षेत्रमा लागेकी निता बागलुङको दरम खोलाको चिसो पानी खाएर स्वर तिखारेकी गायीका हुन । लामो समय सम्म यो क्षेत्रमा सघर्षरत गायीका पुनको पछिल्लो समय बजारमा आएको पञ्चे बाजाको गित माछा मिठो असला दरम खोलाको ले सबै स्रोता तथा दर्शकको मन छुन सफल भएको छ ।
चर्चित लोकदोहोरी गायक बसन्त थापाले लय तथा शव्द सिर्जना रहेको सो गितमा बागलुङको चर्चित दरम खोलाको माछाको समेत बयान गरिएको छ । बसन्त थापा र निता पुन मगरको स्वर रहेको गीतले सबै तहका स्रोताले मन पराएको पुनले हामीलाई बताउनु भयो ।
पछिल्लो समयमा लोकदोहोरी गितमा देखिएको विकृति बाट मन अमिलो भएको बताउने थापाले आँफुले कसैले छि भन्ने काम कहिले पनि नगर्ने बताउनु भयो । साथै उहाँले स्रोता र दर्शकको चाहना अनुरुप गित निकाल्दै जाने बताउनु भयो ।
गितको चर्चा सँगै देश तथा विदेशमा कार्यक्रममा व्यस्त रहेकी गायीका निताले आगामी महिनामा बेलायतमा हुन लागेको कार्यक्रममा जान लागेको हुँदाँ बेलायतमा रहने सबै नेपालीलाई कार्यक्रममा सहभागिताको लागि समेत आग्रह गर्नु भयो ।
नेपाली माटो परिवार निता पुन मगरको गितको सफलताको कामना गर्दछौं ।

निता पुनको पछिल्लो गित माछा मिठोको म्युजिक भिडियो