Published On:Saturday, March 28, 2015
Posted by Unknown

पूर्वयुवराज पारसबिनै भान्जाको ब्रतबन्ध

१५ चैत्र, काठमाण्डौ - बहिनी प्रेरणापुत्र पार्थक सिंहको छाउनीस्थित घरमा आइतबार आयोजना हुने ब्रतबन्धको रमझमसँगै निराशा पनि छाएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ । दाजुको अनिवार्य उपस्थिति हुने भएपछि चैत १५ गतेका लागि आयोजना गरेको ब्रतबन्ध खल्लो हुने भएको छ । साइत जुराइसकेका कारणले प्रेरणाले बाध्य भएर छोराको ब्रतबन्ध गर्न लागेकी छिन ।

थाइल्याण्डस्थित लुङखाई जेलबाट मानत बुझाउने सर्तमा छुटेका प्रेरणाका दाजु पारस जमानत बुझाउन नसक्दा अझै थाइल्याण्ड छाड्न पाएका छैनन् ।

यता भान्जाको चूडाकर्म गरिदिने एकमात्र मामा पारस नभएका कारण कसले यो कर्म गरिदिने भन्ने विषयमा अन्योल छाएको छ भने उता घरपरिवारले १५ लाख भाट करिब ४५ लाख नेपाली रुपैयाँ जुटाइदिए थाइल्याण्ड छाडेर नेपाल आउने तयारीमा रहेका परस निरास भएर बस्नु परेको छ ।

लागूऔषध मुद्दामा गत असोज २४ गते जेल परेका पूर्वयुवराज पारसका परिवारले रकम उपलब्ध गराउन नसकेपछि अदालतबाट छुटकारा पाउन सकेका छैनन् ।

0 comments for "पूर्वयुवराज पारसबिनै भान्जाको ब्रतबन्ध"

Leave a reply

    Popular Posts

    Blog Archive