Published On:Saturday, March 21, 2015
Posted by Unknown
कांग्रेसमा बढ्यो महाधिवेशन सरगर्मी
८ चैत्र, काठमाण्डौ - प्रधानमन्त्री सुशील कोइरालालाई संविधानमा सहमति जुटाउन जति कठिन छ, त्यो
भन्दा पनि बढी मुस्किल परेको छ कांग्रेसभित्रको आन्तरिक व्यवस्थापन गर्न ।
कान्तिपुर दैनिकमा समाचार छ । भदौ २४ गतेदेखि २८ गतेसम्म हुने १३ औं
महाधिवेशनको सरगर्मी चुलिएपछि पार्टी सभापतिसमेत रहेका कोइरालालाई चटारो
परेको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिका लागि मात्रै केन्द्रित भइरहेका
बेला संस्थापन पक्षका नेताहरु भने पदाधिकारीमा एकपछि अर्को आकांक्षी देखिन
थालेकाले आफ्नै पक्षका नेतालाई व्यवस्थापन गनु कोइरालाका लागि चुनौती बनेको
हो । त्यसैले कोइराला महाधिवेनअघि जसरी पनि संविधान जारी गर्नुपर्ने
निचोडमा पुगेका छन् ।