Published On:Monday, March 23, 2015
Posted by Unknown

गोर्खा एफएम नौंं वर्षमा प्रवेश

 १० चैत , काठमाडौँ- गोर्खा एफएम ९३ मेघाहर्ज आजबाट आठ वर्ष पुरा गरी नौंं वर्षमा प्रवेश गरेको छ । गोर्खा संचार सहकारी संस्थाको व्यवस्थापनमा ब्रिटिश गोर्खा मिडिया नेटवर्कद्धारा संचालित गोर्खा एफएम २०६३ चैत १० गते बाट प्रशारण शुरु भएको थियो । 

निश्ष्क्ष तथा सन्तुलित समाचार, स्वस्थ मनोरन्जन र द्रुत सूचना प्रवहालाई पहिलो प्राथमिकतामा राख्दै आएको गोर्खा एफएम यही विषेशताका कारण लाखौं श्रोतामाझ लोकप्रिय छ । 

गोर्खा सैनिक समुदायद्धारा संचालित पहिलो संचार माध्यम गोर्खा एफएमले मुलुकको आर्थिक विकासको लागि गोर्खाली समुदायमा रहेका श्रोत-साधान र अनुभवलाई उपयोग गर्ने वातावरण निर्माणको लागि गोर्खा संचार अभियान समेत संचालन गर्दै आएको छ । आफ्नो पन आफ्नै पहिचान सवल नेपाल हाम्रो अभियान मूल नारा रहेको गोर्खा एफएमको प्रशारण सामाग्रीहरु मुलुकको आर्थिक विकासलाई पहिलो प्राथमिकतामा रहदै आएको छ । 
यस्तै समाजका अवाजविहीनहरुको आवाजलाई समेत उच्च प्राथमिकता दिदै एफएमले स्थापना कालदेखि नै आफ्नै पहलमा महिला, दलित, विभिन्न मातृभाषी, अपाङ्ग, असहायलाई सहयोग गर्ने जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
 यसैवीच गोर्खा एफएमले आठ वर्ष पुरा गरी नौं वर्षमा प्रवेश गरेको अवसरमा गोर्खा संचार सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर बेघाले एक विज्ञप्ति प्रकाशित गरी एफएमलाई यहाँ सम्म ल्याउन सहयोग पुर्याउनु हुने सबै सहयात्रीहरुमा हार्दिक आभार प्रकट गर्दै आगमी दिनमा पनि सहयोग जारी रहने अपेक्षा गरेका छन् ।

गोर्खा एफएमका सबै श्रोता महानुभाव, सहयात्रा गर्ने संघ संस्थाहरु, व्यापारिक साझेदारीका विभिन्न उद्योग प्रतिष्ठान, अन्य विज्ञापनदाता तथा विज्ञापन एजेन्सीहरुलाई अध्यक्ष बेघाले हार्दिक आभार प्रकट गर्दै आगम दिनमा पनि यस्तै सहयात्राको आग्रह गरेका छन् । विज्ञप्तिमा गोर्खाली समुदायले विदेशी भुमिमा सिकेका सीप, दक्षता, अनुभव र आर्थिक श्रोतलाई देशको आर्थिक विकासमा लगाउने गोर्खाली अभियानलाई सफल पार्न सरकार, सम्बन्धीत सरोकारवाला निकाय र सबल नेपाल निर्माणमा लाग्ने सबै नेपालीको ध्यानकर्षण समेत अध्यक्ष बेघाले गरेका छन् ।

0 comments for "गोर्खा एफएम नौंं वर्षमा प्रवेश "

Leave a reply

    Popular Posts

    Blog Archive