Published On:Monday, March 23, 2015
Posted by my storry

करेण्ट लागेर गुल्मीमा एक वालीकाको ज्यान गयो


अनिल खत्री
गुल्मी चैत्र ९ ÷ करेण्ट लागेर गुल्मीको ईस्मा रजस्थल गाविसमा एक वालीकाको ज्यान गएको छ भने अर्की एकजना घाईते भएकि छन् । ज्यान जानेमा सोही गाविस ८ निवासी १२ वर्षीया  वालीका सोनु विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख अम्बिका प्रसाद गुप्ताले वताएका छन् । घाईते हुनेमा सोही ढाउँ निवासी १३ वर्षकि पार्वती विक रहेकि छन् ।
खेतमा काम गर्न गएको अवस्थामा सोमवार दिउसो खेतमा गाडेको विद्युतको पोलछुँदा दुवै जनालाई करेण्ड लागेको वताईएको छ । मृतक सोनु विकको घटना स्थलमै मृत्यु भएको थियो भने पार्वती विक अचेत अवस्थामा रहेकि छन् । उनलाई उपचारकोलागि जिल्ला अस्पताल तम्घास ल्याईदै छ । यस अघि गत असारमा गुल्मीको जैसिथोक गाविसमा पनि करेण्ट लागेर एक जनाको ज्यान गएको थियो ।
  त्यसैगरी गुल्मीकोे कालीगण्डकि नदिमा सोमवार एक महिलाको शव फेला परेको छ । उक्त फेला परेको शव अर्घाखाँची जिल्ला चिदिका गाविस एक निवासी चर्तुभुज भुसालकी श्रीमती वर्ष ४० कि देवका भुसाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आईतवारदेखि हराएकि उनलाई खोजतालासको क्रममा सोमवार अपरान्ह काली गण्डकि नदिमा मृत अवस्थामा फेला पारिएको थियो ।

0 comments for "करेण्ट लागेर गुल्मीमा एक वालीकाको ज्यान गयो"

Leave a reply

    Popular Posts

    Blog Archive