Published On:Thursday, March 26, 2015
Posted by Unknown
बिए र बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
१२ चैत्र, काठमाण्डौ, त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल साउनमा सञ्चालित विज्ञानतर्फ बिएस्सी दोस्रो वर्ष (चार वर्षे) को परीक्षाको परीक्षाफल आज प्रकाशित भएको छ।
यसैगरी २०७१ साल साउनमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक तह तीन वर्षे बीए दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको कार्यालयले जनाएको छ। रासस