Published On:Saturday, March 21, 2015
Posted by Unknown

वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिक्रेटको सेमिफाइनलमा

०७ चैत्र, काठमाण्डौ, न्युजिल्यान्ड आइसिसी विश्वकप क्रिक्रेटको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको अन्तिम क्वार्टरफाइनलमा वेस्टइन्डिजलाई १ सय ४३ रनले हराउँदै न्युजिल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। जितका लागि न्युजिल्यान्डले दिएको ३ सय ९४ रनको चुनौती पछ्याउन मैदानमा उत्रिएको वेस्टइन्डिज ३० दशमलव ३ ओभरमा २ सय ५० रन जोड्दै अलआउट भयो।
भरपर्दा ब्याट्सम्यान क्रिस गेल ६१ रन बनाएर आउट भए। अन्यले जमेर प्रर्दशन गर्न सकेनन्। यसअघि विलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पुरै ५० ओभरको खेलमा ६ विकेटको गुमाउँदै ३सय ९३ रन बनाएको थियो। उसका लागि मार्टिन गुप्टिलले दोहोरो शतक बनाए।
उनले सर्वाधिक २ सय ३७ रन बनाए।  रोस टेलरले ४२, केन विलियमसनले ३३ रन बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। यसअघि प्रतियोगितामा अष्ट्रेलिया, भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। न्युजिल्यान्डले अब फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ।

0 comments for "वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिक्रेटको सेमिफाइनलमा"

Leave a reply

    Popular Posts

    Blog Archive