Published On:Thursday, March 26, 2015
Posted by Unknown

भारतले हारेपछि 'पागल' भएका फ्यानले टिभी फुटाए

एजेन्सी : विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा आफ्नो टिम अस्ट्रेलियाबाट ९५ रनले पराजित भएपछि  भारतीय फ्यान 'पागल' भएका छन्  उपाधि उचाल्ने अपेक्षामा रहेका भारतीय फ्यान  आफ्नो टिम सेमिफाइनलमा नराम्ररी पराजित भएपछि रिसले आगो भएका हुन् । रिसले आगो भएका उनीहरुले बिहीबार साँझ क्रिकेट हेरिरहेकै टेलिभिजन सेटसमेत फुटाएका छन् ।
भारतीय टिमको हारपछि रिसले चुर भएका उनीहरुले टिभी सडकमा ल्याएर फुटाएनन् मात्र क्रिकेटरहरुको पोष्टर र पुत्ला समेत जलाउन भ्याए । उनीहरुले बिराट कोहलीकी प्रेमिका अनुष्का शर्माको समेत पोस्टर जलाएका छन् । 
भारतको हारपछि कानपुर र गोरखपुरमा क्रिकेट फ्यानहरु सडकमा निस्केर आफ्नो टिमबिरुद्द नाराबाजी गर्दै टिभी सेट फुटाएका हुन् । भारतका धेरै सहरमा क्रिकेट खेलाडीको पोष्टर, तस्बिर र पुत्ला जलाइरहेको खबर भारतीय सञ्चारमाध्यले सार्वजनिक गरिरहेका छन् ।
क्रिकेटरको घरमा सुरक्षा कडा
अस्ट्रेलियासँगको हारपछि भारतीय क्रिकेटरहरुको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कप्तान महेन्द्रसिंह धोनीको राँचीस्थित घर र अन्य खेलाडीको घरमा सुरक्षाव्यवस्था कडा गरिएको हो ।
कप्तान महेन्द्र सिंह धोनीको घरबाहिर कमाण्डो फोर्स तैनाथ गरिएको छ । मुम्बई पुलिसले रोहित शर्माको घर बाहिर कडा सुरक्षा दिइरहेको छ । 
खेलमा चार विकेट लिने बलर उमेश यादवका बाबु तिलक यादवसँग पत्रकारले प्रश्न गरे, के तपाइँ मान्नुहुन्छ, तपाइँको छोराले राम्रो खेल्यो ?', जवाफमा उनले भने, 'कस्तो राम्रो खेल्यो ? जब कि भारतीय टिम पराजित भयो ।

0 comments for "भारतले हारेपछि 'पागल' भएका फ्यानले टिभी फुटाए "

Leave a reply

    Popular Posts

    Blog Archive