Published On:Monday, March 30, 2015
Posted by Unknown

‘छोटो लुगा’ लगाएर अदालत जाँदा गेटमै रोकियो

१७ चैत, काठमाडौ । चाबहिलकी चिन्टु श्रेष्ठ आइतबार कामका सिलसिलामा बबरमहलस्थित जिल्ला अदालत काठमाडौ जाँदै थिइन् । विहान १० बजेतिर उनी जब अदालतको गेटमा पुगिन्, सुरक्षाकर्मीले भित्र प्रवेश गर्न रोक लगाए । पतिसँगै त्यहाँ पुगेकी चिन्तुले अचम्मित हुँदै ‘किन रोक्नु भएको रु’ भनी प्रहरीसँग सोधिन् ।

प्रहरीले हाकाहाकी जवाफ दिए( ‘तपाईँले छोटो लुगा लगाउनु भएको छ, त्यसैले भित्र पठाउँन मिल्दैन ।’ उनले अफिसको परिचयपत्र देखाइन् । त्यसपछि प्रहरीले ‘अबदेखि छोटो लुगा लगाएर अदालत नआउनू’ भनी सचेत गराएर मात्र भित्र जान दिए, नागरिक दैनिकमा खबर छ ।

एक अन्तर्राष्ट्रिय नियोगमा कार्यरत ती युवती कुनै अनौपचारिक भड्किलो पोशाकमा थिइनन्, कार्यालयकै ड्रेसकोडमा अदालत पुगेकी थिइन् । ‘मैले कुनै उत्ताउलो कपडा लगाएको थिइनँ,’ चिन्टुले भनिन्, ‘अफिसको ड्रेस, त्यो पनि घुँडाभन्दा तलसम्मै ढाक्ने खालको थियो तर पनि प्रहरीले भित्र पस्न अवरोध गर्यो ।’

‘म श्रीमानसँग त्यहाँ पुगेकी थिएँ,’ उनले थपिन्, ‘श्रीमानका अगाडि तपाईँले लगएको कपडा भएन भनेर रोक्दा म नर्भस भएँ ।’ सुरक्षाकर्मीले आफूलाई फेरि आउँदा स्कर्ट नलगाउन सम्झाएको उनले बताइन् ।

अन्तरिम संविधानमा ब्यक्तिको वाक् स्वतन्त्रता, सार्वजनिक स्थलमा हिँडडुल गर्न पाउने अधिकार सुनिश्चित छ । तर कानूनको ब्याख्या गर्ने अदालतमै महिलाले छोटो लुगा लगाएको निहुँमा अपमानित हुनु पर्यो ।

0 comments for "‘छोटो लुगा’ लगाएर अदालत जाँदा गेटमै रोकियो"

Leave a reply

    Popular Posts

    Blog Archive