Published On:Tuesday, March 24, 2015
Posted by dadad
महोत्तरीमा परीक्षा सुरु भएलगत्तै १० बोरा चिट बरामद
मोरङ । एसएलसीको पाँचाँै दिनको परीक्षा सुरु भए लगत्तै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट मंगलबार बिहान १० बोरा चिट बरामद भएको छ ।
सामाजिक विषयको परीक्षाका लागि विद्यार्थीले लुकाएर लैजाँदै गरेका गाइड, सहयोगी किताब र स–साना कागजका टुक्रा गरी १० बोरा चिट बरामद गरिएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाका विभिन्न क्षेत्र र गाउँ सहरमा रहेका २५ वटा परीक्षा केन्द्रमा खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरी, निरीक्षक तथा सहयोगी शिक्षकले विद्यार्थीका साथबाट सो मात्रामा चिट बरामद गरेको जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले बताए ।
विद्यार्थीले आफ्ना शरीरको विभिन्न भागका लुकाएर लैजाँदै गरेको चिट प्रहरी तथा निरीक्षक र सहयोगीले परीक्षा केन्द्रको प्रवेशद्वारमा र केहीको परीक्षा हलभित्र पनि कडा जाँच गरेर बरामद गरिएको शिक्षा अधिकारी कर्णले बताए ।
यसअघि, आइतबार पनि जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट परीक्षा सुरु हुनुअघि नै १२ बोरा गाइड बरामद गरिएको थियो ।