Published On:Monday, March 23, 2015
Posted by Unknown
विश्वभरिका सांसदहरू नेपाल आउने
१० चैत्र, काठमाण्डौ - बालअधिकारका विभिन्न विषयमा सहकार्य गरी अघि बढ्न विश्वभरिका सांसदहरूको
पहिलो बैठक शुक्रबार नेपालमा हुने भएको छ। विश्वभरिका सांसदहरू सहभागी
'पार्लियामेन्टरियन्स् विदाउट बोर्डर' अभियानको संयोजकत्वमा उक्त बैठक
आयोजना हुने भएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
चैत १३ र १४ गते काठमाडौंमा हुने बैठकले विश्वभरिका बालबालिकाका अधिकारका
लागि सहकार्यका क्षेत्रहरू स्पष्ट गर्ने नेपालबाट कार्यक्रमको संयोजन
गरिरहेका नेपाली कांग्रेसका सभासद् डिल्ली चौधरीले जानकारी दिए।
बालबालिकाको अधिकारका लागि संसारभरिका सांसदरूले एकजुट भएर काम गर्न
'पार्लियामेन्टरियन्स् विदाउट बोर्डर'को अवधारणा नोबेल शान्ति पुरस्कार
विजेता कैलाश सत्यार्थी र ब्राजिली सांसद क्रिटोभान बुराकले संयुक्त रूपमा
अघिल्लो वर्ष ल्याएका हुन्।
नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी यो बैठकको प्रमुख आतिथि हुन
बुधबार काठमाडौं आउँदैछन्। विश्वभरिका सांसदहरूलाई बालबालिकाको अधिकार तथा
मानवअधिकारबारे आमनेसामने भएर अन्तरक्रिया गर्न बैठकले मौका दिने चौधरीले
बताए।