Published On:Thursday, March 26, 2015
Posted by my storry

एसएलसी ऐच्छिक प्रथम विषयमा ७३ जनाको परीक्षा रद


सप्तरी, १२ चैत ।
एसएलसी परीक्षाको सातौै दिन ऐच्छिक प्रथम विषयमा बिहिबार सप्तरीको विभिन्न परीक्षा केन्द्रबाट परीक्षामा  अमर्यादित काम गर्ने  ७३ जना परीक्षार्थीको परीक्षा रद् गरिएको छ । 
एसएलसी परीक्षा अनुगमन टोलीले सातौै दिन ऐच्छिक प्रथम विषयको परीक्षामा जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट ७३ परीक्षार्थीको परीक्षा रद गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । 
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव नेतृत्वको टोलीले उच्च मावि बोदेबरसाईन परीक्षा केन्द्रबाट १७ जना , उच्च मावि मानराजाबाट १४ जनाको परीक्षा रद गरी परीक्षा केन्द्रबाट निकालिएको हो । 
त्यस्तै सप्तरीबाट १४ हजार २ सय ६१ परीक्षार्थी मध्ये ऐच्छिक प्रथम विषयमा ३ सय ४५ जना अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखाका बिरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार एसएलसी परीक्षामा हाल सम्ममा सप्तरीबाट १७ जना निरीक्षकमाथि कारबाही गरिएको तथा ९ सय ७६ परीक्षार्थीको परीक्षा रद गरिएको जानकारी दिनुभयो । जसमा दुई जनाको सबै विषयको परीक्षा रद गरिएको कार्यालयले जनाएको छ ।
सप्तरीबाट नियमित तर्फ ८ हजार ७ सय  र एक्जामटेड तर्फ ५ हजार ५ सय ५८ जना परीक्षार्थीहरु सहभागि रहेको परीक्षा शाखा चौधरीले जानकारी दिनुभयो । साथै जिल्लाको अन्य परीक्षा केन्द्रमा शान्तिपुर्ण तरीकाबाट परीक्षा संचालन भएको उहाँले जानकारी दिनुभयो ।

0 comments for "एसएलसी ऐच्छिक प्रथम विषयमा ७३ जनाको परीक्षा रद"

Leave a reply

    Popular Posts

    Blog Archive