Published On:Friday, March 27, 2015
Posted by Unknown
प्रधानमन्त्रीले भने-डा.केसी मरे म के गरौं त ?
१४ चैत, काठमाडौं । चिकित्सा शिक्षा र मेडिकल कलेज सम्बन्धनको स्तरीयतालाई मुख्य माग बनाई अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य स्थितिप्रति प्रधानमन्त्री सुशील कोइराला अत्यन्त नकारात्मक रूपमा प्रस्तुत भएका छन्।
पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालसहितको उपस्थितिमा नागरिक समाजको एउटा प्रतिनिधिमण्डलसमक्ष बिहीबार प्रधानमन्त्री कोइरालाले डा. केसीप्रति लक्षित गर्दै भने, ‘मरे मरिरहन्छन् नि, म के गरौं त ?
उनको असामान्य प्रतिक्रियाले प्रधानमन्त्री निवासमा उनीसँगै रहेका धेरैलाई एकछिन स्तब्ध बनायो। तर यो अभिव्यक्ति कसैले बाहिर नल्याएको अन्नपूर्ण पोस्टमा खबर छ ।
दिउँसो ४ बजेदेखि ५:३० सम्म नागरिक समाजको टोलीले प्रधानमन्त्रीसँग डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको र माग जायज रहेकाले तत्काल आवश्यक कदम उठाउन आग्रह गरिरहेकै बेला अर्को कामको सिलसिलामा एमाले नेता नेपाल पनि त्यहाँ पुगेका थिए।
भारतका लागि प्रस्तावित राजदू दीपकुमार उपाध्याय र कांगे्रस नेता दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा नागरिक समाजका कनकमणि दीक्षित, डा. केदारनरसिंह केसी, चरण प्रसाईं, सुबोध प्याकुरेलले अनशन बसेकै बेला नन्दप्रसाद अधिकारीको मृत्यु भएजस्तो घटना नदोहोरियोस् भनी आग्रह गर्दा प्रधानमन्त्रीले आफ्नो आक्रोश थाम्न सकेनन्।
‘मरे मरी रहून् नि, म के गरौं त ?’ यसो भनिसकेपछि उनी केही मत्थर भए। नागरिक समाज प्रतिनिधिको टोलीले ‘डा. केसीको स्वास्थ्य बिग्रंदो अवस्थामा रहेको र जे पनि हुनसक्छ’ भनी कोइरालालाई अवगत गराएका थिए। ‘मैले अनशन नगर्न आग्रह गरेकै हुँ। उनी मानेनन्’, पछि कोइरालाले थपे।