Published On:Monday, March 30, 2015
Posted by Unknown

फेरी आउने भो ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’


केही हप्तादेखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएका दुई हाँस्य टेलि फिल्म जिरे खुर्सानी र भद्रगोल फेरि प्रशारणमा आउने भएका छन्।
मिडिया हवले टेन्डर पारेपछि दुबै सिरियलहरू चैतको अन्तिम साताबाट प्रशारण हुने भएका हो।
मिडिया हबले अहिले ‘तितो सत्य’ र ‘मेरी बाँस्सै’ नेपाल टेलिभिजनमा देखाउँदै आएको छ । नेपाल टेलिभिजनमा आफूहरुको टेन्डर परिसकेकाले कुनै प्राविधीक समस्या नआएमा आगामी चैत २७ गतेबाट ‘भद्रगोल’ र चैत ३० गतेबाट ‘जिरे खुर्सानी’को प्रशारण सुरू हुने मिडिया हवका अध्यक्ष सोम धितालले बताए।
 दुबै सिरियल पहिलेकै समयमा प्रशारण हुनेछन्।
 ‘वल्र्ड भिजन एड्भर्टाइजिङले टेन्डर पारेर विभिन्न टेलिभिजन कार्यक्रममा लागि सिद्धार्थ बैंकमा राखेको ५ करोडको धरौटी रकम नक्कली भएपछि दुई चर्चित सिरियललाई यसको प्रत्यक्ष असर परेको थियो।
अब, मिडिया हबले यी दुई सिरियलका लागि टेन्डर पारेपछि निरन्तर प्रशारण हुने अध्यक्ष सोम धितालले बताए।@setopati

0 comments for "फेरी आउने भो ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’"

Leave a reply

    Popular Posts

    Blog Archive