Published On:Saturday, March 21, 2015
Posted by my storry

किसानलाई वेमौसमी तरकारी खेति तालिम

देवचन्द्र भट्ट
नुवाकोट, चैत्र ७ गते
नुवाकोटको ककनी गाबिसको रानिपौवामा ७ दिने बेमौसमी तरकारी खेती तालीम सम्पन्न भएको छ । तरकारी खेती लगाउने तरिका र कृषिजन्य सामग्रीको जानकारी दिने उद्देश्यले समितिले मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पन्न गरेको हो । 
तालिममा सहभागीहरुले आफुहरुले उत्पादन गरेको तरकारी बजारीकरण गर्नका लागि यातायात सुविधाको अभावका कारण कतिपय तरकारी त खेर जाने भएकोले सडकको बिकाश गर्न आबश्यक रहेको बताए । तालिममा तरकारी खेतीका लागि बिउविजन छनोट, तरकारी खेती, प्लाष्टिकको घरभित्र नर्सरी व्यवस्थापन, घरेलु तरिकाबाट रोग किराको नियन्त्रण, काँक्रा, करेला, काउली र घिरौैंला खेती प्रविधि तथा नर्सरी स्थापना एवं व्यवस्थापनलगायतका विभिन्न विषयहरुमा सहजीकरण गर्ने कार्यक्रम रहेको तालिम संयोजक रमेश पाण्डेले जानकारी दिए । 
७ दिनसम्म सञ्चालित तालिममा सहजीकरण गर्दै रानीपौवा कृषि विकास कार्यालय नुवाकोठटका प्राविधिक शम्भु सिलवालले गोलभेँडा खेती लगाउने तरिकाको बारेमा सहजीकरण गरेका थिए ।  उनले गोलभेंडाको जरादेखि ३० सेमीसम्मको ४० प्रतिशत पात फाल्नुपर्ने र टनेलमा गोलभेंडा खेती गर्नेले दिनको एकपटक अनुगमन गर्नुपर्ने बताए ।
उनले एक बोटदेखि अर्को बोटसम्मको दुरी ४० सेमी सम्म हुनुपर्ने बताउँदै ५ मिटर चौडाई, १० मिटर लम्बाई र ५० वर्गमिटरमा १ सय ८० देखि २ सय सम्मका गोलभेंडाका विरुवाहरु लगाउन सकिने बताए । उनले आयआर्जनको राम्रो स्रोत गोलभेंडा खेती भएको बताएका छन् ।
राम्रो र आधुनिक खेती प्रणाली अपनाएर गोलभेंडा खेती गरेमा एउटै बोटबाट २० किलोसम्म गोलभेंडा खेती उत्पादन गर्न सकिने र त्यसबाट मनग्य आम्दानी हुने बताए । तालिममा स्ट्रेबेरी खेती, च्याउखेती, अलैची खेतीलगायतको बारेमा तालीम दिइएको ने तालीम संयोजक रमेश पाण्डेले जानकारी दिए । तालीममा ककनी गाविसका ३० जनाको सहभागीता रहेको थियो । 

0 comments for "किसानलाई वेमौसमी तरकारी खेति तालिम"

Leave a reply

    Popular Posts

    Blog Archive