Published On:Tuesday, March 24, 2015
Posted by my storry

सप्तरीमा दुई वटा बस जुध्दा दुईको मृत्यु , दर्जनौ घाईते

सप्तरी, १० चैत ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बैरवा गाविस ५  सडक खण्डमा दुई बस एक आपसमा जुध्दा दुई जनाको मृत्यू भएको छ भने दर्जनौं यात्रुहरु घाईते भएका छन् ।
मृत्यू हुनेमा बसका चालक बारा ८ का ३५ वर्षिय रोहितकुमार भुजेल र यात्रु भारत सिलुगडीका ३५ वर्षिय सुरेन्द्र राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो दुर्घटनामा दर्जनौं यात्रु घाईते भएका छन् । ति मध्ये आधा दर्जनको अवस्था गम्भिर छ ।
पश्चिमबाट आउदै गरेको ना ४ ख ६९७५ नम्बरको बस र पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ४ ख ३८४९ नम्बरको बसले सप्तरीको बैरवा सडक खण्डमा एक आपसमा जुधेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
सो दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाईएको तथा बाँकी समान्य घाईतेहरुको उपचार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।

0 comments for " सप्तरीमा दुई वटा बस जुध्दा दुईको मृत्यु , दर्जनौ घाईते"

Leave a reply

    Popular Posts

    Blog Archive