Published On:Wednesday, March 25, 2015
Posted by my storry

नेम्वाङले दिए यही १५ गते पाँच बजे सम्मको अल्टिमेटम


काठमाण्डौ चैत्र  ११,
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले यही १५ गते पाँच बजे सम्ममा सहमति गर्न दलहरुलाई समयसिमा दिनुभएको छ ।
प्रमुख दलका प्रमुख सचेतकलाई आज आफ्नो कार्यकक्षमा बोलाएर उहाँले १५ गतेभित्र सहमति गर्न निर्देशन दिनुभएको हो ।
अध्यक्ष नेम्वाङले सहमतिका नाममा लामो समयसम्म संविधानसभा स्थगित गर्न नमिल्ने भन्दै १५ गते साँझ पाँच बजेसम्म सहमति गर्ने समयसिमा दिनुभएको एकिकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
उहाँले १५ गतेसम्म पनि दलहरुबिच संविधानका विवादित विषयमा सहमति नभए त्यसपछि संविधान सभाको बैठक बोलाउने बताउनु भयो ।
सभाध्यक्ष नेम्वाङले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, मधेश केन्द्रीत सहित आठ राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको हो ।
उहाँले एक हप्ता अघि संविधानका अन्तरवस्तुमा सहमति वा प्रक्रियामा जाने विषयमा टुंगो लगाउन आजसम्मको समयसिमा दिनुभएको थियो ।
यो बिचमा दलहरुले संविधानका विवादित विषय संघीयता, सासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीका विषयमा कुनै औपचारिक वार्ता नगरेपछि सभाध्यक्षले फेरी १५ गतेसम्मको समय दिनुभएको हो ।

0 comments for "नेम्वाङले दिए यही १५ गते पाँच बजे सम्मको अल्टिमेटम "

Leave a reply

    Popular Posts

    Blog Archive