Published On:Sunday, March 29, 2015
Posted by Unknown

जहाजको ककपिटमा दुई जना चालक अनिवार्य

१६ चैत, काठमाडौं । फ्रान्समा गत साता भएको विमान दुर्घटनापछि विश्वभरका विमान कम्पनीले आफ्नो नीतिमा परिवर्तन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


जर्मनीको लुप्थान्सा अन्तर्गतको जर्मनविङ्स कम्पनीको सो जहाजका स-चालकले डिप्रेसनको सिकार भई मुख्य चालक शौचालय गएको मौका पारेर क्याबिनको ढोका बन्द गरेर जानाजान जहाज दुर्घटना गराएको तथ्य अनुसन्धानका क्रममा खुलेपछि विश्वभरका जहाज कम्पनीहरुले ककपिटको नियम परिवर्तन गर्दै दुई  जना क्रु मेम्बर सधैं ककपिटमा अनिवार्य उपस्थित हुनुपर्ने नियम लागू गरेको आर्थिक दैनिकमा खबर छ । यस्तो नियमले हवाई भाडामा समान्य वृद्धि हुने अनुमान गरिएको छ ।

फ्रान्समा भएको दुर्घटनापछि क्यानडा, नर्वे, जर्मनी र बेलायतका विमान कम्पनीहरुले आफ्नो नीतिमा परिवर्तन गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

0 comments for "जहाजको ककपिटमा दुई जना चालक अनिवार्य"

Leave a reply

    Popular Posts

    Blog Archive