Published On:Wednesday, March 25, 2015
Posted by Unknown

नेपालमा मेडिकल पढ्न विकसित देशका विद्यार्थी आउँदै


१२ चैत्र, काठमाण्डौ । विकसित देशका विद्यार्थीसमेत नेपालमा मेडिकल शिक्षा लिन आउने भएका छन् । अर्बिट मेडिकल इन्ट्रान्सको पहलमा बेलायत, अमेरिका र हङकङबाट ३५ विद्यार्थी नेपालमा एमबीबीएस पढ्न आउन लागेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।
अर्बिट मेडिकल इन्ट्रान्सका अध्यक्ष सुनिल रेग्मीले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा मेडिकल१२ चैत्र, काठमाण्डौ ।१२ चैत्र, काठमाण्डौ । शिक्षाका लागि उनीह नेपाल आउन लागेको बताए। २०१५ अगस्ट सेसनदेखि उनीहर नेपाल आउने जनाइएको छ । रेग्मीले भने, ‘नेपालमा मेडिकल शिक्षा सस्तो र गुणस्तरीय हुनुका साथै राम्रो वातावरण भएकाले विदेशबाटसमेत नेपाल आउन लागेका हुन् ।
यसअघि छिमेकी देश भारतबाट मेडिकल पढ्नका लागि नेपाल आउने गरेका भए पनि युरोप तथा अमेरिकाजस्ता विकसित मुलुकबाट आएका थिएनन् । विदेशी विद्यार्थीले त्रिविमा अध्ययन गर्नका लागि प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था छ। यस्तै काठमाडौं विश्वविद्यालयमा प्रवेश परीक्षा दिनुपर्दैन।

0 comments for "नेपालमा मेडिकल पढ्न विकसित देशका विद्यार्थी आउँदै"

Leave a reply

    Popular Posts

    Blog Archive