Published On:Friday, March 27, 2015
Posted by Unknown

केमा कुरा मिल्दैनन महिला पुरुषबीच ?

१३ चैत -  कतिपय महिला–पुरुषबीच जुनी–जुनी सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर सम्बन्धलाई आत्मीय बनाउदै लैजाने गरे पनि उनीहरुका केही कुराहरु पक्कै पनि अमिल्दा हुन्छन ।
जसले झगडाको बीउ समेत रोपिदिन्छ । शारीरिक रुपमा होस् या मानसिक रुपमा महिल र पुरुष बिच भिन्नता रहेकै हुन्छ । महिला पुरुषको मनोविज्ञान फरक भएरै होला उनीहरुको बानी पनि फरक नै हुन्छ । विभिन्न अध्ययन अनुसार औसत महिला र पुरुष विच रहेका भिन्नता यस्ता छन् :

संगीतः महिलाहरु रोमांटिक तथा मन छुने गीतहरु मन पराउनछन । तर, पुरुषहरु त्यको उल्टो हुन्छन । उनीहरु हंगामा मच्चाउने र तडक भडक बढी भएको गीत मन पराउछन । जुन महिलाहरु कम सुन्ने गर्छन ।

कलाकारः कुनै पनि महिला कलाकारलाई पुरुष सेक्सी तथा धेरै राम्री भएको बयान गर्छ भने महिलाहरु त्यसको उल्टो सोच्छन् । उनीहरु पुरुषले उसको शारिरक बनावट र फेसन हेरेर उसलाई राम्रो भनेको अनुमान गर्छन ।

मेकअपः पुरुषहरु आफ्नी श्रीमती या प्रेमिकाले कम मेकअप गरेको मन पराउँछन । उनीहरुले गरेको मेकअपले आफ्नो कपडा खराब गरेको त झनै मन पराउँदैनन् । तर, महिलाहरु भने मेकअपमा औधि खुसी हुन्छन् । केशः धेरै पुरुषहरु महिलाको हेयर स्टाइलमा कुनै खास स्टाइल मन पराउछन् । महिलाले केश खुल्ला छोडेको या त बाँधेको । तर, महिलाहरु विभिन्न हेयर स्टाइलको पारखी हुन्छन ।

टिभी कार्यक्रम : धेरै पुरुषहरु घरमा या बाहिर जहाँ पुगेपनि टिभीमा खास गरेर समाचार या त फेरि खेल समाचारहरु हेर्न मन पराउँछन । तर, महिलाहरुलाइ भने टिभीमा आउने विभिन्न सिरीयलहरु मन पराउँछन । उनीहरु समाचारमा त्यतिधेरै चासो नदिएको पनि पाइन्छ ।

खानाः धेरैपटक दुइजनामा खानाको मेन्युको बारेमा मत बाझिएको हुन्छ । पुरुषहरु जंकफुट जस्तै पिज्जा खान्छु भन्छन भने, महिलाहरु पिज्जा खाँदा आफ्नो पेट दुख्ने बताउँछन महिलाहरु सादा खाना खान रुचाँउछन् ।

दिशाः महिला पुरुषमा धेरैपटक आफू हिड्ने बाटोलाई लिएर समेत झगडा परेको हुन्छ । कहिलेकाँही आफू हिडेको बाटो बिर्सियो भने महिलाले दाँया र पुरुषले बाँया भनेर जिद्धी गरेकोे पाइन्छ ।
ढिलो घर आउनुः पुरुषहरु महिलाको दाँजोमा ढिलो घर आउँछन् भने महिलाहरु घर छिटो आउन मन पराँउछन्
@www.aajakosamachar.com

0 comments for " केमा कुरा मिल्दैनन महिला पुरुषबीच ? "

Leave a reply

    Popular Posts

    Blog Archive