Published On:Friday, March 27, 2015
Posted by Unknown

महिलाले सपनामा सेक्स गरेको देख्नु पछाडीका कारणहरु

काठमाडौँ । तपाई अविबाहित हुनुहुन्छ वा बिहे भएर पनि राम्रोसँग यौन सक्र्पक गर्ने वातावरण मिलिरहेको छैन भने तपाईले सेक्स सम्बन्धित प्रतिबिम्ब सपनामा पनि देख्न सक्नुहुन्छ । वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त हुने चिकित्सक र जानकारहरु बताउँछन् ।
हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौनविज्ञहरूले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौनसम्बन्ध एवं उसको मनोविज्ञानमा निर्भर हुने बताउँछन् । महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण चिकित्सकीय भाषामा यसरी ब्याख्या गरेका छन् ।
एउटी महिलाले पुरुषसँग सम्भोग गरेको देख्नु बाहेक महिलासँगै सम्भोग गरिएको सपना देखेको खण्डमा त्यसले मनोव्रज्ञानिक एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।
पूर्वप्रेमीसँग सम्भोग गरेको देखे यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ पुर्व ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।
कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखेमा उसँगको सम्भोग सपना देखियो भने उ आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ भन्ने हुन्छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।
पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ। एजेन्सीको सहयोगमा

0 comments for "महिलाले सपनामा सेक्स गरेको देख्नु पछाडीका कारणहरु "

Leave a reply

    Popular Posts

    Blog Archive