Published On:Saturday, March 28, 2015
Posted by Unknown

अनैतिक सम्वन्धपछि जन्मेको शिशु हत्यारा ससुरा–बुहारी पक्राउ

                                                                                     १५ चैत्र, काठमाण्डौ -

अनैतिक सम्वन्धपछि जन्मेको शिशु हत्या गरेको अभियोगमा ससुरा–बुहारी पक्राउ परेका छन् । गोठादी–८ दमारका ४३ वर्षीय तलबहादुर रेश्मी र उनकी बुहारी २६ वर्षीया अम्बिसरालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।  गाउँमा उनीहरुको क्रियाकलाप शंकास्पद लागेको सुरक पाएर प्रहरीले छानविन सुरु गरेको थियो । छानविनको क्रममा बच्चा जन्माएर मारेको तथ्य फेला परेको हो । अम्बिसराका पति अर्की बिहे गरेर तराई तिर बस्ने गरेको समाचार नागरिक दैनिकले आइतबार छापेको छ ।  छरमा तिलबहादुरकी श्रीमती र १२ वर्षीया छोरी पनि छन । अम्बिसरालाई बेथा लागेपछि ससुरा–बुहारी डेढ सय मिटर माथि जंगलमा गएर बच्चा जन्माए । दुवै जना मिलेर शिशुको हत्या गरे र जंगलमै ढुंगाको कापमा एक फिट गहिरो खाल्डो खनेर गाडे ।

0 comments for "अनैतिक सम्वन्धपछि जन्मेको शिशु हत्यारा ससुरा–बुहारी पक्राउ"

Leave a reply

    Popular Posts

    Blog Archive