Published On:Sunday, March 15, 2015
Posted by Unknown

अद्भूत क्षमताका बालक आदित्य दाहाल




काठमाडौं,  – अद्भूत क्षमताका बालक आदित्य दाहालको उपचारको जिम्मा सरकारले लिएको छ । मन्त्रिपरिषदको बैठकले बालक आदित्यको विदेशमा लगेर उपचार गर्न २५ लाख रुपैयाँं दिने निर्णय गरेको छ । चार वर्षिय आदित्यको असाधारण क्षमतालाई ध्यान दिंदै उपचार खर्च दिने निर्णय गरिएको मुख्यसचिव लिलामणि पौड्यालले जानकारी दिए ।

मुख्य सचिव पौड्यालले एक महिनाअघि बालक आदित्यको निवास पुगेर असाधारण प्रतिभा र शारीरिक अवस्थाबारे जानकारी लिएका थिए । उनले उपचारका लागि तत्काल स्वास्थ्यकर्मीको टिम खटाइदिएका थिए । स्वदेशी स्वास्थ्यकर्मी टिमले स्वदेशमा उपचार सम्भव नभएको निष्कर्ष निकाल्दै विदेशका सुविधासम्पन्न ठाउँंमा लगेर उपचार गर्न सुझाव दिएको थियो । त्यसै अनुसार नेपाल मेडिकल बोर्डको समेत सिफारिसमा सरकारले विदेशमा लगेर उपचारका लागि आर्थिक सहयोग दिएको हो । 


को हुन् आदित्य ? 


करिव साढे चार वर्षका आदित्य दाहालको शारीरिक अवस्था कमजोर छ । बोल्न, हिडडुल गर्न र सीधा बस्न पनि सक्दैनन् । हँसिलो र चम्किलो अनुहारका आदित्य जन्मदा सामान्य अवस्थाका थिए, अन्य बच्चा जस्दै हुर्कदै र बढ्दै गए । साढे दुई वर्षको उमेरसम्म हिड्ने पनि बोल्थे पनि । त्यसपछि भने एकाएक उनको वाक्य रोकियो, एक प्रकारको प्यारालिइसिस जस्तै शरीरले सन्तुलन र शक्ति गुमाउदै गयो ।

शारीरिक शक्ति जतिसकै कमजोर बन्दै गएपनि उनमा चमत्कारिक मानसिक शक्ति देखिन थाल्यो । उनमा देखिएको चमत्कारिक क्षमताले उनलाई देख्ने जान्ने सबै छक्क परेका छन् । उनी बोल्न सक्दैनन, तर सबै बुझ्छन् । उनी स्कूल गएकै छैनन्, पढ्ने नाममा ‘क ’ समेत कसैले सिकाएको छैन । तर जस्तोसुकै वाक्य लेख्छन्, व्याकरण शुद्ध हुन्छ । नेपाली भाषा मात्र होइन गणित, अंग्रेजी लगायत अन्य विदेशी भाषा समेत बुझ्छन् र लेख्छन् । भाषा मात्र होइन विगत र भविष्यका कुरा समेत लेख्ने गरेका छन् । 


आदित्य चमत्कारका केही उदाहरण


१. करिव एक महिना अगाडि मुख्य सचिव लिलामणि पौड्याल आदित्यलाई भेट्न पुगे । मुख्य सचिव पौड्याले आदित्यको अवस्था,परिवारको अपेक्षा र चमत्कारिक क्षमतावारे जिज्ञासा राखे । त्यत्तिकैमा आदित्यले कागजमा लेखिदिए, ‘बागमतीमा फोहोर फाल्न बन्द गराउनु होला ।’ बागमती सफाइ महाअभियानमा विगत दुई वर्षदेखि जुटेका मुख्य सचिवलाई आदित्यले लेखिदिएको त्यो वाक्यले आश्चर्यमा मात्र पारेन, भावुक समेत बनायो ।

२. दुई साताअघि बिबिसी नेपाली सेवाका प्रमुख एवं पत्रकार रविन्द्र मिश्र आदित्य निवास पुगे । आदित्यका बाबु आमाले आदित्यको अवस्था र क्षमताबारे जानकारी दिए । मिश्रका लागि बालक आदित्यले कपीमा अंग्रेजीमा लेखिदिए,‘ वन डलर फण्ड फर नेपाल, आइ लाइक दिस मिसन रविन्द्र सर ।’ पत्रकार मिश्र छक्क परे । त्यसक्रममा आदित्यको उपचारका लागि पहल भएको र मुख्य सचिवले अग्रसरता लिएको विषयमा उनले प्रसन्नता व्यक्त गरे ।
मिश्रले चक्रपथ डटकमसँंग भने, ‘आदित्यमा अलौककि शक्ति देखिएको छ, उनमा रहेको क्षमता विश्वका उत्कृष्ट वैज्ञानिक र चिकित्सकहरुका लागि अनुसन्धानको विषय हो । आदित्यमा अलौकिक, अशोचनीय र चमत्कारिक क्षमता छ ।’ आदित्यको उपचारका लागि सरकारले २५ लाख दिने निर्णय गर्नुमात्र पर्याप्त नहुने उल्लेख गर्दै पत्रकार मिश्रले थपे, ‘नेताहरुको उपचारका लागि करोडौ खर्च गर्ने सरकारले आदित्य जस्ता अलौकिक क्षमताका धनी बालकको उपचार र अनुसन्धानमा कम ध्यान दिन मिल्दैन । आदित्यको सम्पूर्ण जिम्मा नै राज्यले लिनुपर्छ । ’


३. करिव एक महिना अघि एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि आदित्य निवास पुगेका थिए । खनालले आदित्यको अलौकिक अवस्था, स्वास्थ्यस्थिति र राज्यले गर्नुपर्ने दायित्वका वारेमा छलफल गरेका थिए । खनालले आदित्यको सुरक्षा, स्वास्थ्य र संरक्षणको जिम्मा राज्यले जिम्मा लिनुपर्ने धारणा राख्दै त्यसका लागि पहल गर्ने समेत बताए ।

त्यहीवेला आदित्यलाई सोधियो, ‘झलनाथ खनालकी आमाको नाम के हो ? बालक आदित्यले कपीमा लेखिदिए,‘ मधुमाता ’ नेता खनाल आदित्यको त्यो लेखाइबाट त छक्क परे नै, सँंगसँंगै सानै उमेरदेखि भूमिगत र जेल जीवनका कारण आमासँंग विछोडिएको र बहुदल आएपछि केही समयमा आमाको निधन भएको अवस्था सम्झेर केही भावुक पनि देखिए ।


४. तीन साताअघि सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की आदित्य निवास पुगेका थिए । सचिव कार्कीले आदित्यको अवस्थावारेमा गहिरो चासो देखाए । उनले आदित्य ठूलो अनुसन्धान र आश्चर्यको विषय भएको बताए । आदित्यले कार्कीका लागि लेखिदिए, ‘अर्जुन सहर सफा कार्य अगाडि बढाउँं ।’ सचिव कार्कीले आदित्यको लेखेका विषयको अध्ययन अवलोकन गरेपछि चक्रपथ डटकमसँंग भने,‘ आदित्यमा चमत्कारिक क्षमता छ, साधारण मान्छेमा यस्तो क्षमता सम्भव छैन,यो परमात्माको खेल हो । ’


५.केही समयअघि गोरखापत्रका महाप्रवन्धक सुशील कोइराला पुग्दा उनले कोइरालाको नाम र ठेगाना मात्र होइन, गोरखापत्र प्रकाशन भएको अंग्रेजी तारिख पनि लेखिदिए । अर्थ सचिव पुग्ने वित्तिकै ई. सुमन शर्मा भनेर लेखिदिए । पूर्व मुख्यसचिव माधव घिमिरे पुग्ने वित्तिकै माधव सर नमस्कार भनेर लेखिदिए । केही समय अघि सगरमाथ टेलिभिजनको टिम पुगेर युक्रेनको राष्ट्रपतिको नाम सोध्यो उनले ठ्याक्कै मिलाइदिए ।

त्यतिमात्र होइन कसैले जापानी र कोरियन लिपिमा लेखेर यो के हो भनेर सोधे । उनले त्यसको नेपालीमा अनुवाद गरेर छक्क पारेका छन् । दुई साता अघि सरकारले खटाएको मेडिकल टिमले बीर अस्पताल लगेका समयमा उनले लेखिदिए,‘ वीर हस्पिटल इज डर्टी, यो नेपालको पहिलो अस्पताल हो ।’  @chakrapath .com

0 comments for "अद्भूत क्षमताका बालक आदित्य दाहाल"

Leave a reply

    Popular Posts

    Blog Archive