Published On:Friday, March 20, 2015
Posted by Unknown
परीक्षा दिँदादिँदै छोरा पाइन् सीताले
०७ चैत्र, बाजुरा बाजुराको स्वामिकार्तिक उच्च माविमा एसएलसी परीक्षा दिँदै गर्दा सीता धामीले छोरा पाएकी छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
स्वामिकार्तिक उच्च मावि वाई केन्द्रबाट शुक्रबार बिहान नेपाली विषयको परीक्षा दिँदादिँदै सीतालाई सुत्केरी ब्यथा लागेको थियो ।
व्यथाले च्यापेपछि बाहिर निस्कनेवित्तिकै बिहान ११ बजे सीताले छोरा पाइन,
शिक्षक दीपक रेग्मीले भने । २१ वर्षीया सीताले परीक्षा केन्द्रमै छोरा
पाएपछि उनलाई तत्काल एक घन्टाको पैदलबाटोमा पिठ्युमा बोकेर भार्तीकप्साडी
स्वास्थ्य केन्द्रमा लगिएको थियो ।