Published On:Friday, March 20, 2015
Posted by Unknown

संगीताकी आमाले भनिन्,‘भगवानले मेरो पुकारा सुने’

०७ चैत्र, काठमाण्डौ,  एसिड आक्रमणमा परेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी संगीता पुलामी मगरकी आमा चमेलीले घटनाका दोषी पक्राउ परुन् भनेर आफूले दिनरात भगवानसित प्रार्थना गरेको र भगवानले आफ्नो पुकारा सुनेको बताएकी छन् । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

यो घटनामा आफ्नो छोरीको कुनै दोष नभएको भन्दै उनले छोरीको खुसी पहिले जस्तो हुने या नहुने भनेर चिन्ता लागेको बताइन् । ‘आक्रमणकारी पक्राउ परेकोमा म खुसी छु,’ चमेलीले भनिन् ।

त्यस्तै संगीतासँगै आक्रमणमा परेर वीर अस्पतालमा उपचार गराइरहेकी सीमा बस्नेतकी आमा सीताले एसिड आक्रमणकारी पक्राउ परेकामा खुसी लागेको प्रतिक्रिया दिइन् । ‘ढिलोचाँडो न्याय पाइँदो रहेछ,’ उनले भनिन् ।

0 comments for "संगीताकी आमाले भनिन्,‘भगवानले मेरो पुकारा सुने’"

Leave a reply

    Popular Posts

    Blog Archive