Published On:Friday, March 13, 2015
Posted by Unknown
६ वर्षीया बालिका छिमेकीबाट बलात्कारको शिकार
३० फागुन, तेहृथुम - तेहृथुमको थोक्लुङ-२ मा एक ६ वर्षीया बालिका छिमेकीबाट बलात्कारको शिकार भएकी छन् । प्रहरीका अनुसार ११ दिनअघिको उक्त घटना गाउँमै मिलाउने प्रयासले सार्वजनिक हुन ढिलाई भएको हो । पीडित पक्ष प्रहरीमा आएपछि घट्ना बाहिर आएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
बालिकाको अवस्था कमजोर बन्दै गएपछि घटनाको ७ दिनपछिमात्र उपचारको लागि लगिएको उनकी आमाले टेलिफोनमा बताइन । लामो समयसम्म उपचार नपाएकोले बलात्कृत बालिकाको अवस्था नाजुक बन्दै गएको छ । बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि सुविधासम्पन्न अस्पतालमा पठाइएको छ ।
उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिका डा.किजन महर्जनले बालिकाको योनी च्यातिई पूरै भाग सुन्निएको बताए । पिसाब नरोकिने, योनीमार्ग दुख्ने र हिंडन नसक्ने समस्या भोगिरहेकी उनको पाठेघरसमेत सुन्निएकोले संक्रमण भएको आशंका गरिएको महर्जनले बताए ।
नाबालिका बलात्कार आरोपी स्थानीय प्रेमकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।