Published On:Friday, March 13, 2015
Posted by Unknown
स्वरोजगारीले पनि संचयकोष जम्मा गर्न पाउने
३० फागुन, काठमाण्डौ - सरकारले ऐन संशोधन गरी स्वरोजगारमा संलग्न व्यक्तिले समेत सञ्चयकोषमा रकम जम्मा गर्न पाउने व्यवस्था गर्न संसदमा विधेयक दर्ता गराएको छ । अर्थ मन्त्रालयले संसद सचिवालयलमा दर्ता गरेको कर्मचारी सञ्चयकोष ऐनलाई संशोधन गर्न बनेको विधयकमा स्वरोजगारमा संलग्न व्यक्ति वा निजसँग सम्बद्ध कर्मचारीलाई पनि कोषमा रकम जम्मा गर्ने व्यवस्था अघि सारिएको छ । कर्मचारी संचय कोष ऐन २०१९ लाइ संसोधन गर्न लागिएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपालको अन्तरिम संविधान, २०६३ मा प्रत्याभूत सामाजिक सुरक्षाको हकलाई साकार पार्न तथा स्थायी कर्मचारीहरुको हीत कायम हुने गरी निजी क्षेत्रका स्वरोजगारमा संलग्न व्यक्तिलाई सामाजिक सुरक्षाको सञ्जालभित्र ल्याउन विधेयक आवश्यक भएको सरकारले दाबी गरेको छ ।
मूल ऐनको दफा २ को खण्ड ख पछि थपगरिएको प्रावधान अनुसार स्वरोजगारमा संलग्न व्यक्तिको व्याख्या गर्दै -निजि रुपमा सञ्चालित व्यवसाय वा रोजगारीबाट आय आर्जन गर्ने इन्जिनियर, चिकित्सक, कानून व्यवसायी, लेखापरिक्षक लगायतका पेशा व्यवसाय गर्ने व्यक्ति वा निजसाग सम्बद्ध कर्मचारीका साथै बैदेशिक रोजगारमा संलग्न व्यक्ति, अस्थायी वा सेवा करारमा कार्यरत व्यक्ति, घरेलु कामदार, कृषक, असंगठित क्षेत्रमा कार्यरत मजदूर तथा चिया बगानका कामदार समेतलाई समेटिएको छ ।
विधेयकको दफा ७ मा राखिएको संशोधन प्रस्ताव अनुसार मूल ऐनको दफा १२ ख को उपदफा १ मा रहेका दश वा दश भन्दा बढी कर्मचारी काम गर्ने संस्थाले भन्ने शब्दको सट्टा संगठित संस्थाले भन्ने शब्दाबली राखिएको छ ।