Published On:Friday, March 13, 2015
Posted by Unknown
तेजाब आक्रमणमा परेकालाई उपचारकक्षबाटै एसएलसी परिक्षा दिने व्यवस्था
३० फागुन, काठमाण्डौ - सरकारले एसएलसी परीक्षाको तयारीका क्रममा तेजाब आक्रमणमा परेर घाइते भएका दुई बालिकाहरु संगीता मगर र सिमा बस्नेतलाई उपचारकक्षबाटै विशेष परिक्षा कक्ष राखेर एसएलसी परिक्षा दिने व्यवस्था मिलाउने निर्णय गरेको छ। नागरिक दैनिकमा समाचार छ ।
मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले एसएलसीको तयारीमा ट्युसन पढिरहेका बेला एसिड आक्रमणमा परि घाइते भएका दुई बालिका उपचाररत स्थललामै विशेष परिक्षा कक्ष राखी एसएलसी दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको कानून न्याय तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले जानकारी दिए।
'एसिड पीडित बालिकाहरुका निम्ती पिडकलाई पक्राउ गरि हदैसम्मको कानूनी कारवाही अगाडी बढाउन र प्रहरी अनुसन्धानलाई तिव्र बनाउन गृहमन्त्रालयलाई निर्देशन दिइएको छ,' मन्त्री आचार्यले भने। एसएलसी दिने तयारीमा रहेका दुई किशोरीमाथि फागुन १० गते बसन्तुपुरस्थित ए प्लस ट्युसन सेन्टरभित्र एसिड प्रहार भएको थियो।