Published On:Sunday, March 1, 2015
Posted by Unknown

वाईसीएलले भ्रष्टाचारी, तस्करीबिरुद्ध कारबाही अघि बढाउने

१८ फागुन, काठमाण्डौ- एमाओवादीको भ्रातृ संगठन वाईसीएलले भ्रष्टाचारी, तस्करी, कालाबजारीबिरुद्ध कारबाही अघि बढाउने निर्णय गरेको छ । वाईसीएल केन्द्रीय समिति बैठकले शान्ति प्रक्रियामा आएलगत्तै सञ्चालन गरेको अभियान फेरि थाल्ने निर्णय गरेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

'भ्रष्टाचार, तस्करी, कालाबजारी, कृत्रिम अभाव, महँगी, यातायात भाडा वृद्धिलगायत जनसरोकारका विषयहरूमा संघर्षको विकास गर्न एक हप्ताभित्र ठो
स योजना बनाउने' अध्यक्ष गणेशमान पुनद्वारा विज्ञप्तिमा भनिएको छ, 'देशव्यापी रूपमा सरकारी कामकाज, विकास निर्माणलगायत क्षेत्रमा भएका भ्रष्टाचार, अनियमितता, अव्यवस्थाको विरुद्ध आमजनतासहित संघर्ष गर्ने ।'

0 comments for "वाईसीएलले भ्रष्टाचारी, तस्करीबिरुद्ध कारबाही अघि बढाउने"

Leave a reply

    Popular Posts

    Blog Archive