Published On:Thursday, March 12, 2015
Posted by Unknown

सरकारमा बानी परेकाहरुलाई वार्ता चाहिएको छ


२९ फागुन, काठमाडौं ।३० दलीय विपक्षी गठबन्धनको  एक मख्य घटक मधेसी मोर्चा सडकमा जाने कि सम्झौतामा फर्कने दोबाटोमा उभिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
आन्दोलन पक्षधर भन्छन् २०६३ को मधेस आन्दोलनको स्पिरिट समाएकाहरु आजैं, अहिल्यै सडक ओर्लन तम्तयार छन् ।
सरकारमा बानी परेकाहरुलाई वार्ता चाहिएको छ । अर्काथरी प्रतिवाद गर्छन संविधान बन्न लागेको पृष्ठभूमिमा मधेस तताउन खोज्नुको समाधान दिदैन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरु भने आन्दोलनतिरै जान उद्यत छन् ।

0 comments for "सरकारमा बानी परेकाहरुलाई वार्ता चाहिएको छ"

Leave a reply

    Popular Posts

    Blog Archive