Published On:Thursday, March 12, 2015
Posted by Unknown
दस अर्ब झार्न नयाँ संस्था थपिँदै
२९ फागुन, काठमाडौं । अपरादर्शिता र अनियमितताका कारण विवादीत बनेको बहुसरोकारवाला वन कार्यक्रमको समयावधि लम्ब्याएर दाताबाट १० अर्व रुपैयाँ झार्न वन मन्त्रालयले फेरि नयाँ संस्था जन्माउने तयारी गरेको छ । नागरिक दैनिकमा समाचार छ ।
वन मन्त्रालयले यो कार्यक्रमलाई दोस्रो चरणमा विस्तार गर्न दाताको सर्तअनुसार सन् २०१६ जुलाइभित्र नेसनल फरेस्ट इन्टिटी नामक नयाँ निकाय स्थापना गर्ने तयारी अघि बढाएको हो । सरोकारवाला विज्ञले भने नयाँ संस्था स्थापना सरकारका लागि बोझ मात्र हुने भन्दै आलोचना गरेका छन् ।