Published On:Thursday, March 12, 2015
Posted by Unknown
बिहे गरेर घर नपुग्दै बेहुला बेहुली नियन्त्रणमा
२९ फागुन,धादिङ - विवाह सकेर बुधबार साँझ बेहुलीसहित बेहुलाको घरतर्फ फर्कदै गरेको जन्ती घर नपुग्दै जिल्ला प्रहरी कार्यालय पुग्नुपरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । धादिङ चैनपुरका ३९ वर्षीय चन्द्रबहादुर इटनीले दोस्रो विहे गरेको उजुरीका परेपछि प्रहरीले बेहुला बेहुलीसहित जन्तीलाई पनि नियन्त्रणमा लिएको थियो ।
चन्द्रबहादुर विरुद्ध उनकै पहिलो श्रीमतीले सञ्जिताले उजुरी दिएकी थिईन । तर, प्रहरीले सोधपुछपछि सबैलाई छाडेको जनाएको छ । इटनीसँग सम्बन्ध विच्छेदका लागि पहिलो श्रीमती सञ्जिताले जिल्ला प्रशासन कार्यालयमा मुद्धा हालेकी छिन्