Published On:Sunday, March 1, 2015
Posted by Tekman Shakya
“एक महिना लामो तयारी गरेर कार्यकर्ता भेला गर्दैमा कोही उत्साहित हुनु पर्दैन ।”
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार राजधानीमा भएको ३० दलीय मोर्चामा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति प्रति आक्रोस व्यक्त गरेका छन् ।
केन्द्रीय कार्यलयमा सोमबार भएको कार्यक्रममा उनले आफ्नो पार्टीलाई ‘नेपाली काँग्रेसमा मिले हुन्छ’ भन्ने अभिव्यक्ति दिने माओवादीलाई धेरै फुर्ती नलगाउन पनि आग्रह गरे ।
अभिव्यक्तिको प्रतिवाद गर्दै उनले भने, “एक महिना लामो तयारी गरेर खर्च गरेर कार्यकर्ता भेला गर्दैमा कोही उत्साहित हुनु पर्दैन ।”
उनले विगतमा पनि एमाओवादीले ‘यसपालिको हैजा आफूलाई लैजा’ जस्ता नारा लगाए पनि केही फरक नपरेको र त्यस्ता अभिव्यक्तिबाट प्रभावित हुनु जरुरी नभएको बताउँदै भने, “के त्यस्तो आरोप लगाउने पार्टी नेतालाई चाहिँ आर्यघाट जानु पर्दैन र ?”