Published On:Saturday, February 28, 2015
Posted by my storry
एउटा वास्तविकता—सिकाई भन्दा भोगाई हो शिक्षा
बिज्ञानले संसारमा सबै थोकको समाप्ती छ भने पनि रुवाईको समाप्ती रहेनछ । आज मैले आफैबाट यो कुरा सिकें । जति बेला देब्रे हातले क लेख्न सिकें ख उल्टो लेख्थें । राम्ररी ज्ञ सम्म नआउने मेरो निरक्षर ममीले ख लेख्न सिकाउनु भयो ।
डेढ दशक भन्दाबढि समय घोकाई र सिकाईमै बित्यो । तर भोगाई त्यो भन्दा धेरै फरक रहेछ । त्यसैले आज म गर्व साथ भन्दैछु मैले अरुबाट भन्दा आफुबाट धेरै कुरा सिकें । जुन भोगाईले मलाई महशुस गरायो । मैले डेढ दशकभन्दा बढि समय लगाएर कण्ठ पारेका सुत्र र परिभाषा उनान्सय प्रतिशत सम्झना छैनन् ।
सन्तोष देउजा....
जीवनभरलाई पुग्ने गरी रुन पाए म दैलो थुनेर जोड जोडले ग्वा—ग्वाती रुने थें, रोएरै घण्टौ बेहोस हुने थें अनि सधैलाई खुसीहुने थें । तर त्यो हुदो रहेनछ् । बिज्ञानले संसारमा सबै थोकको समाप्ती छ भने पनि रुवाईको समाप्ती रहेनछ । आज मैले आफैबाट यो कुरा सिकें । जति बेला देब्रे हातले क लेख्न सिकें ख उल्टो लेख्थें । राम्ररी ज्ञ सम्म नआउने मेरो निरक्षर ममीले ख लेख्न सिकाउनु भयो । स्कुलमा निरन्जन सरले गणितमा ए प्लस बि को होल स्क्वायरको सुत्र देखि बिष्णु सरले सामाजिक शिक्षामा नेपाली समाजमा कसरी जिउने सम्म सिकाउनु भयो ।
मैले ध्यानदिई दिई सिक्थें । सिकाईमा कहिल्यै दोश्रो हुनु परेन् । डेढ दशकभन्दा बढि अध्ययनको सिकाईले मैले धेरै सुत्रहरु सिकें । गणितका कत्रा–कत्रा समस्याहरु हल गरें होला । बिज्ञानका कयैन् लामा–लामा परिभाषाहरु कण्ठ पारे होला । समाजशास्त्रीहरुको थुर्पै पेज नै भर्ने खालका भनाईहरु याद राखें होला ।
परिक्षा नजिकीदै गर्दा सधै मैले किताब भन्दा बढि डा. योगी बिकाशा नन्दको सुपर लर्निङ्ख पुस्तक पढेर केही सिक्नें प्रयास गर्थे । किनकी त्यहाँ कसरी लामा–लामा परिभाषाहरु चाडै कण्ठ पार्ने जस्ता उपाय लेखिएका हुन्थें । यसरी सिकाईमा म सधै प्रथम भए । मैले हरेक बर्ष मोटा मोटा स्कुलले दिएका उपहारका कपिहरु घरमा ल्याए । अनुहार अबिरले रंगाएर आए । त्यत्ति बेला लाग्थ्यो मैले जीवनमा सफलता प्राप्त गरें ।
तर त्यो सफलता होइन् रहेछ । भन्ने नै हो भने त्यो जीवन नै होईन रहेछ । सिकाईमा सधै प्रथम भए पनि आज भोगाईमा बारम्बार फेल हुदा मैले हिजो सिकेंका र सिकाउने सबैलाई गलत ठान्न थालेको छु ।
निरन्जन सर तपाईले शुल्क तिराएर सिकाउनु भएको ए प्लस बि को होल स्क्वायरको सुत्र मेरो जीवनमा अहिलेसम्म प्रयोग भएन् । बरु कहिले कहीं आशा राम बा पुजीको आध्यत्मिक ज्ञान हरु कहि कतै जीवनमा ठोक्किन पुगें । जुन तपाईले फुर्सदमा सित्तैमा सुनाउनु हुन्थ्यो ।
बिष्णु सर तपाईले गर्नुभएको नेपाली समाजको बयान अहिलेसम्म मेल खाएन् । तर कक्षा दुई पढ्दा कहिले काँही सुनाउनु हुने राम बनवास गएको रामायणको कथा जीवनमा मेल खानपुगें । बिज्ञान र समाजशास्त्रका पन्ना पन्ना भरिने परिभाषाहरु मेरा जीवनमा कहि कत्तै प्रयोग भएनन् । डेढ दशक भन्दाबढि समय घोकाई र सिकाईमै बित्यो । तर भोगाई त्यो भन्दा धेरै फरक रहेछ । त्यसैले आज म गर्व साथ भन्दैछु मैले अरुबाट भन्दा आफुबाट धेरै कुरा सिकें । जुन भोगाईले मलाई महशुस गरायो । मैले डेढ दशकभन्दा बढि समय लगाएर कण्ठ पारेका सुत्र र परिभाषा उनान्सय प्रतिशत सम्झना छैनन् । सम्झना छ त केवल कक्षा आठमा पढ्दा वक्तृत्वकला प्रतियोगितामा जिल्ला प्रथम हुदाको सम्झना छ । किनकी त्यहाँ मैले प्रत्यक्ष आफुलाई महशुस गराएको थिए । त्यही अनुभवले चार जना मान्छेको अगाडी उभिएर बोल्न नसक्ने मलाई आज लाखौंको अगाडी बोल्न सिकायो । पत्रकारिता पढ्दा बुद्धि गौतम सरले समाचारको शिर्षक लेख्न सिकाउदा असाध्यै गाह्रो भयो तर रेडियोमा काम गरेपछि सजिलै जानें । वास्तबमै सिकाई एउटा महशुस रहेछ । सिकेर जुन कुरा महशुस गर्न सकिन्छ त्यो नै एउटा सबोंत्कृष्ट शिक्षा हो । जसले भोलीलाई सहज बनाउन सक्दछ । आज म चाहिरहेको छु अक्षर चिन्न सक्ने भएपछि म मेरो सन्तानलाई ति सुत्र र परिभाषा रट्न बाध्य बनाउने छैन् । अंग्रेजीको ए फर एप्पल, एप्पल मिन्स स्याउ भन्न लगाउने छैन् । एप्पल मिन्स एप्पल पठाउने छु । अनि मात्र उनीहरु अंग्रेजी सिक्ने छन् । र मेरा सपनाको पछलग्गु बनाउने पनि छैन् । उनीहरुको ईच्छाको पछि पछि हुनेछु । म उनीहरुलाई सिकाउने भन्दा महशुस गराउने प्रयासमा हुनेछु । आगोलाई छुदा पोल्छ भनेर सिकाउने छैन्, म आगोमा पोलाएर महशुस गराउने छु । दुईहात र खुट्टा फटफट हल्लाए पछि पानीमा पौडन सकिन्छ भनेर सिकाउने छैन् । म सिधै उनीहरुलाई पोखरीमा धकेलि दिनेछु । एक दुई घुट्टी पानी नखाई उनीहरु पौडन जान्ने छैनन् । महशुस त्यस्तो शक्ति रहेछ जुन जीवनभर सम्झाई रहन्छ । किनकी त्यहाँ सिकाई भन्दा भोगाई थियो । यी सबै पछि म भन्दैछु जीवनमा त्यस्तो शिक्षाहोस् जहाँ सिकाई कम भोगाई ज्यादा होस् । जुन शिक्षा जीवनको अनन्तकाल सम्म रहिरहोस् । उसले आफुलाई कदम–कदम महशुस गरिरहन पाओस् ।
—लेखकको निजि बिचार हुन् ।