Published On:Monday, February 23, 2015
Posted by Unknown
क्रिकेट कप्तान पारस वैवाहिक सम्बन्धमा बाँधिदै

पारस र प्राप्तीबीच दुई वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो। प्राप्ति काठमाडौं स्व. दिपविक्रम राणा र गौरी राज्यलक्ष्मी राणाकी छोरी हुन।
पारस र प्राप्तिको जोडी लामो समयदेखि प्रेममा भएपनि उति चर्चामा आएको थिएन। उनीहरु सार्वजनिक ठाउँमा पनि कम देखिएका छन्। एक पटक मात्र यो जोडी सँगै गोकर्ण रिसोर्ट पुगेको फोटो सार्वजनिक भएको थियो।
२०४४ सालमा जन्मिएका पारस नेपाली राष्ट्रिय टोलीका भरपर्दो खेलाडी हुन्। प्रथम स्तरको क्रिकेटमा २००४ मा मलेसिया विरुद्धको खेलमा डेब्यु गरेका पारसको नेतृत्वममा रहेको नेपालले डिभिजन ४, डिभिजन ३ जितिसकेको छ भने यसै वर्ष नेपालले नामिबियामा डिभिजन २मा उत्कृष्ट प्रदरर्शन गर्दै डिभिजन एकमा बढुवा भएको हो। यसअघि नेपाली क्रिकेटर प्रदीप ऐरी र अमृत भट्टराईले पनि विहे गरिसकेका छन्। यस्तै सञ्जम रेग्मी पनि विहेको तयारीमा छन।