१३ फागुन काठमाडौं, - नेपाली खेलजगतका सर्वाधिक सफल एवं राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बैवाहिक जीवनमा प्रवेश गरेका छन । प्राप्ति राज्यलक्ष्मी राणा संग २ वर्षअघी इङ्गेजमेन्ट गरेका पारसले स्वयंवर गरेका हुन् । लामो समयदेखि दुवै जना प्रेम सम्बन्धमा रहेका थिए । स्व. दिपविक्रम राणाकी छोरी प्राप्ती राज्यलक्ष्मी काठमाडौँ निवासी हुन् । राजधानीको साङ्ग्रिला होटलमा पारस र प्राप्तिविच स्वयंवर भएको छ । पारसले बानेश्वरस्थित निवासमा प्राप्तिलाई बिहीबार भित्र्याउने छन् । यो वर्ष क्रिकेटर प्रदीप ऐरी र अमृत भट्टराईले पनि विवाह गरिसकेका छन् -