Published On:Wednesday, February 18, 2015
Posted by Unknown

नेविसंघ महाधिवेशन प्रतिनिधिको नामावली टुंगियो

०६ फागुन, काठमाण्डौ- नेपाल विद्यार्थी संघले महाधिवेशन प्रतिनिधिको टुंगो लगाई पार्टी नेतृत्वलाई बुझाएको छ। नेविसंघले प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशी र संगठन विभाग प्रमुख आनन्द ढुंगानालाई आज संयुक्त रुपमा प्रतिनिधिको नाम बुझाएको हो ।

नेविसंघका कार्यवाहक अध्यक्ष मनहरि श्रेष्ठले विवादित जिल्ला र क्याम्पसको केन्द्रीय प्रतिनिधिलाई खटाएर गराएको अधिवेशनलाई नै मान्यता दिई प्रतिवेदन पेस गरेको जनाए।
उनले भने, ‘नेविसंघको विधि र विधानको आधारमा गरिएको प्रतिनिधि छनोटलाई आधिकारिक मानेका छौँ ।’ नेविसंघले विभिन्न जिल्ला र क्याम्पसको तीन हजार ६८ जनाको नामावली पेस गरेको हो । रासस

0 comments for " नेविसंघ महाधिवेशन प्रतिनिधिको नामावली टुंगियो"

Leave a reply

    Popular Posts

    Blog Archive