Published On:Monday, February 23, 2015
Posted by Unknown

हुलाकी मार्ग आयोजनाका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१२ फागुन, काठमाण्डौ-  प्राविधिक तयारी र गृहकारीबिना कमसल बेलिब्रिज बनाएर अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाकी मार्ग आयोजनाका प्रमुख मनोज श्रेष्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

अख्तियारले श्रेष्ठसहित इञ्जिनियर खगेन्द्र बहादुर शाही, सव इञ्जिनियर सन्तोष भण्डारी, जयबहादुर खत्रीविरुद्ध २५ लाख ६५ हजार रुपैंया विगो मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । बाँकेमा बेली बि्रज बनाउने क्रममा निर्माण व्यवसायी नेपाल बिल्डर्सलाई भुक्तानी दिदा प्रक्रिया नपुर्‍याएर भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

0 comments for "हुलाकी मार्ग आयोजनाका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा"

Leave a reply

    Popular Posts

    Blog Archive