Published On:Friday, February 20, 2015
Posted by Unknown

फेरि विवाह गरे राजाले


टेलिभिजनका कन्ट्रोभर्सियल अभिनेता तथा बिग बोस सिजन-२ का प्रतिस्पर्धी राजा चौधरीले श्वेता सुदका साथ गोप्य तरिकाले विवाह गरेका छन्। यसअघि उनले सन् १९९८ मा टेलिभिजन अभिनेत्री श्वेता तिवारीका साथ विवाह गरेका थिए। सन् २००७ मा तिवारीसँग सम्बन्ध-विच्छेद भएपछि राजाले श्वेता नामकै युवतीसँग दोस्रो विवाह गरेका हुन्। राजाकी जेठी श्रीमती श्वेता तिवारीले पनि ब्वाइफ्रेन्ड अभिनव कोहलीका साथमा २०१३ मा विवाह गरिसकेकी छिन्। राजाका अनुसार उनका माता-पिता उनको विवाहलाई लिएर चिन्तामा थिए अर्थात् उनका आमाबुबा उनले दोस्रो विवाह गरेको हेर्न चाहिरहेका थिए। राजा पनि सही युवतीको खोजीमा थिएँ। श्वेता क्युट र समझदार लागेकाले उनीसँग विवाह गरेको राजाले बताएका छन्।

0 comments for "फेरि विवाह गरे राजाले"

Leave a reply

    Popular Posts

    Blog Archive