Published On:Wednesday, February 25, 2015
Posted by Tekman Shakya
प्रधानमन्त्रीसँग किन कड्किए शेखर कोइराला ?
काठमाडौं । प्रतिपक्षीको पनि त्यति टोकेसो खेप्न नपरेका प्रधानमन्त्री शुशिल कोइरालाले आफ्नै पार्टीबाट अकुत हप्की कमाईरहेका छन् ।
नेपाली काँग्रेस सभापती समेत रहेका प्रधानमन्त्री कोइरालाले पार्टीलाई मिलाएर लान नसकेको भन्दै पार्टीभित्र चर्को असन्तुष्टी छ ।
पार्टी र सरकार संचालनमा मात्रै होइन, जनसरोकारका विषयमा समेत प्रधानमन्त्रीको सक्रियता कछुवाको गतिमा बढेको काँग्रेस भित्रकैबाट टिप्पणी गुन्जिरहेको छ ।
एक वर्षअघि सरकार गठन भएको २ हप्तासम्म पनि सरकार विस्तार गर्न नसक्नुले नै प्रधानमन्त्रीको सुस्त गतिको संकेत देखाईसकेको थियो ।
एक वर्षअघि सरकार गठन भएको २ हप्तासम्म पनि सरकार विस्तार गर्न नसक्नुले नै प्रधानमन्त्रीको सुस्त गतिको संकेत देखाईसकेको थियो ।
भातृ संगठनहरुलाई व्यवस्थित गर्न नसकेको, नेविसंघमा नयाँ नेतृत्व दिन असफल भएको, पार्टीको बैठक समेत समयमा राख्न नसकेको लगायत असन्तुष्टी बेहोर्नुपरेका प्रधानमन्त्री कोइरालाले धेरै समयपछि सुुरु काँग्रेस बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालाको हप्की निक्कै सहनुपर्यो ।
खाना खान ढिला भयो भन्दै प्रधानमन्त्री कोइराला बैठकबाट बाहिरिन खोज्दै थिए । आफ्नो कुरा राखेर अरुको कुरा नसुनिकनै बाहिरिन लागेपछि नेता कोइरालाले प्रधानमन्त्री कोइरालालाई थचक्क बसाल्दै भने,–‘पख्नुस्, तपाई त्यस्सै जान पाउनुहुन्न । केही कुरा सुन्नै पर्छ तपाईले आज ।’
उनले आक्रोसित मुद्रामा भने,–‘तपाई आधा दर्जन हेलिकप्टर लिएर धर्मिक कार्यका लागि भन्दै बाग्लुङ जानुभयो । तपाईको धर्म यो हो की, सुर्खेतका बाढी पिडीतको समस्या सुल्झाएमा धर्म पुरा हुन्छ ?’
शेखर कोइरालाको हप्कीले प्रधानमन्त्री कोइराला केही पनि बोल्न सकेनन् ।
नेता कोइरालाले फेरी भने,–‘सुर्खेतका १२ सय भन्दा बाढी पीडितहरु लामो समयदेखि जंगलमा बस्न बाध्य छन् । उनीहरुको व्यवस्थापनका लागि तपाईको ध्यान किन जान सकेन ?’

प्रधानमन्त्री राहत कोषमा जम्मा भएका रकम पनि बाढी पीडितसम्म पुग्न नसकेको भन्दै रुष्ट बनेका नेता कोइरालाले ‘त्यो राहत कोषको रकम कहाँ सदुपयोग भयो ? त्यो रकम के का लागि ?’ भन्दै प्रधानमन्त्री कोइरालासँग प्रश्न गरेका थिए ।
नेता कोइराला सुर्खेत पुगेर फर्किएपछि सुर्खेतका बाढी पीडितलाई सहयोग गर्न भन्दै प्रधानमन्त्रीसँग कडा रुपमा प्रस्तुत भएका हुन् ।
उनी बाढी पीडितका पीडा सुनेपछि गहभरि आँशु बनाउँदै राजधानी फर्किएका थिए । नेता कोइरालाले मात्रै हैन, प्रधानमन्त्री कोइरालाका नजिकका भनिएका केन्द्रीय सदस्यहरु पनि उनको काम कारबाहीप्रति निक्कै रुष्ट छन् ।