Published On:Monday, February 23, 2015
Posted by Tekman Shakya
४० हजारमा ब्युँझने अख्तियार ४० करोडमा निदायो
धोविखाला कोरिडोरको माफियालाईकहिले कारवाही होला ?
काठमाडौँ । सुशासन, सदाचार, महँगी नियन्त्रण गर्छु भनेर प्रधानमन्त्रीको पद सम्हालेका सुशील कोइरालाको महत्वाकांक्षामा घुन लागेको छ । कालोबजारी, भ्रष्टाचारी, भूमाफिया, तस्करीमा रमाउने र त्यसलाई महत्वका साथ सहयोग गर्ने र त्यसलाई बढावा दिने तत्वहरुको बोलवाला रहने गरेकोले देशमा कुशासन बढ्दै गएको छ । त्यसको ज्वलन्त उदाहरण धोविखोला कोरियाअन्तर्गत पर्ने मदन भण्डारी कलेजदेखि माथि सेतो पुलदेखि तलसम्म हेर्दा तथ्य कुरा पत्ता लगाउन गाह्रो पर्दैन ।
भूमाफियाको राज यतिसम्म बढ्दै गएको छ कि अब सार्वजनिक जग्गामा दुई तले पक्की घर बनाउन पनि कुनै संकोच छैन । त्यस्तै भएको छ, उक्त कोरिडोरअन्तर्गत वडा नं. १०, नक्सा सिट नं. १०२–११४६–०२ को कित्ता नं. ५४९ को ७ आना जग्गामा । नेपाल सरकारको नाममा रहेको उक्त कित्तामा आपूmलाई त्यस टोलको राजा सम्झने काम भने डनको गर्ने भूमाफिया इन्द्र चाम्लिङले दुई तले घर खडा गर्दा पनि वडा कार्यालय मौन रहेको छ ।
घरको छेउमा एक टाटामोबाइल बालुवा थुपार्दा हटाउन आदेश दिन आइपुग्ने वडा कार्यालय त्यत्रो घर बनाउँदा देखेको नदेख्यै गर्नुको कारण पैसाको खेल हो भन्ने कुरा मूर्खले पनि सहजै बुझ्न सक्छ । वडा कार्यालयका कर्मचारी प्रमोद नाम गरेका भ्रष्ट व्यक्ति बारम्बार आई पैसा बुझी उक्त कुरालाई ढाकछोप गरिरहेको छ ।
पैसाले संवैधानिक अङ्ग पनि बिक्छ भन्ने थाहा पाउँदा संकोच लाग्नु स्वभाविकै हुनुपर्ने, त्यसमा पनि यतिखेरको सक्रिय अख्तियार दुरुपयोग अनुसन्धान उक्त भूमाफियाको पैसामा मौन बसेको थाहा पाउँदा चकित पर्नु स्वभाविक हो ।
४० हजारको लागि भ्रष्टाचारी पक्रन ठूलै संयन्त्र लगाउने अख्तियार ४० करोडको सार्वजनिक जग्गा भ्रष्टाचार हुँदा आँखा चिम्लिनुको राज अरु के हुन सक्ला ? सचेत स्थानीय बासिन्दाले उक्त सार्वजनिक जग्गा भूमाफियाको चङ्गुलमा पर्दैछ, त्यसलाई छुटाउ भनेर २१००६÷२०७१।९।२० मा दर्ता गराए पनि घर सम्पन्न हुन लाग्दासमेत वास्ता नगर्नुको कारण सहजै अनुमान लगाउन सकिन्छ । कोरिडोरअन्तर्गत नेपाल सरकारको नाममा रहेका जग्गाहरु क्रमशः कित्ता नं. ४३१, ४३३, ४४७, ४४९, २६३ र २६५ को जग्गाको क्षेत्रफलको हिसाब गर्ने हो भने अर्बौंमा हुन्छ ।
तर, सरकार आँखा चम्लिएर बसेकाले पनि भूमाफियाको मनोबल बढ्दै गएको छ । कोरिडोरको छेउमा यस्ताखाले जग्गा खोज्ने हो भने धेरै पाउन कठिन छैन । त्यति मात्र होइन, एकआना जग्गामा चार कोठाको प्ल्याट र पाँच तल्ले घर बन्छ भन्दा जोकसैलाई पनि अचम्म लाग्न सक्छ । तर, घट्टेकुलो सामुदायिक प्रहरी चौकीको अपोजिट आइडमा भएको छ त्यस्तै ।
चाम्लिङको पहुँच कहाँसम्म रहेको छ भन्ने कुरा प्रधानमन्त्रीको निजी सचिवालयको पत्रमार्फत् भूमिसुधार मन्त्रालयअन्तर्गत नापी महाशाखाको महानिर्देशक र कर्मचारीलाई समेत किन्न भ्याएका छन् । उक्त शाखामा घट्टेकुलो स्थायी घर भई पाण्डे थरका अमिन कार्यरत छन्, जो चाम्लिङको हनुमान हो ।
यदि महानिर्देशकको मतेमतो नहुँदो हो त प्रधानमन्त्रीको निजी सचिवालयको पत्रलाई धोती लगाउने ती अमिनको मात्र आँट हुने थिएन । चाम्लिङको लागि कसरी गैरकानुनी तरिकाले सार्वजनिक जग्गा हडप्न सकिन्छ भनेर सल्लाह, सुझाव र भैपरि आउँदा नाप–जाँचसमेत गर्न पछि नपर्ने पाण्डे आपूmलाई लेनिनको चेलो सम्झन्छ । पहाडबाट चप्पलसमेत नलाई काठमाडौँ छिरेका चाम्लिङसँग अहिले खोला छेउछाउका जमिन उसको पत्नी, छोरी, छोरा, भाञ्जीको नाममा दर्ता गरेको हिसाब गर्ने हो भने सैयौँ रोपनी पुग्न सक्छ ।
महलमा राज गरी, टक्सन गाडीमा सवार हुन्छ भने कुनै पनि व्यक्तिलाई त्यत्रो अकुल सम्पत्ति जादूगरले त प्राप्त गर्न सक्दैन भने उसले सही तरिकाले कमाएको पैसा होइन भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।
आपूmलाई माओवादीको कार्यकर्ता भनाउनका लागि एमाओवादीका अमिक शेरचनलाई चारआना जग्गा दिलाउने आश्वासन दिई शेरचनलाई मध्यबानेश्वरको देवीनगरतिर नचाउने गर्छ ।
तर शेरचनलाई देखाएको जग्गा रैकर एक आना छ भने अरु सबै सार्वजनिक भएको खुलासा भएको छ । साम, दाम, दण्ड, भेद प्रयोग गरेर भए पनि गैरकानुनी, कामलाई कानुनी बनाउने यस्ता चाम्लिङलाई कहिले कारवाही होला ? जनता हेर्न आतुर छन् ।