Published On:Saturday, February 21, 2015
Posted by Unknown

बलिउड हिरोइन र क्रिकेटरवीचका १० प्रेम कहानी



नाम, दाम र सम्मानका सवालमा भारतमा क्रिकेट र सिनेमाको उस्तै(उस्तै क्रेज छ । सिनेमा पर्दामा देखिने हिरो(हिराइन जत्तिकै लोकप्रिय छन क्रिकेटर पनि ।
यी दुवै पेशा बलिउडमा अन्तरसम्बन्धित पनि छन् । बलिउड हस्तीहरुले क्रिकेट क्वलको स्वामित्व लिएका छन भने त्रिकेट सेरिज हुँदा बलिउड स्टारहरुको बाक्लो उपस्थीति हुन्छ ।
तर, बलिउड र क्रिकेटको सम्बन्ध ब्यबसायिकमात्र छैन् । दुवै क्षेत्रका सेलिब्रिटीका लिंकअप र ब्रेकअपका खवरले पनि बलिउड तात्ने गरेको छ ।
केही चलचित्रकर्मी एवं क्रिकेटर छन् जसले केही समय संगै हिंडेकै भरमा चर्चामा आए । कतिपयको सम्बन्ध भने वास्तवमै चर्चा गर्न लायक पनि थियो । क्रिकेट र मनोरञ्जन क्षेत्रमा संलग्नहरु विच केही प्रतिनिधि जोडी यस्ता छन्(
अनुष्का शर्मा( बिराट कोहली
अनुष्का शर्मा र विराट कोहलीको जोडीले पछिल्लो समय सबै भन्दा धेरै चर्चा पाएको छ । हरेक गेममा विराटसंगै सहभागी हुने अनुष्का यसपाली भने बिराटको गेममा सहभागी हुन पाएकी छैनन् ।
अनुष्का र बिराट सँगै होउन् वा नहोउन्, अवस्था जस्तोसुकै भएपनि भारतीय मिडियाकर्मी समाचार बनाईहाल्छन् ।
भारतीय अफ स्पिनर हर्वजन सिंह र नायिका गीता वर्षाको सम्बन्धले पनि निकै चर्चा पाएको थियो । उनीहरुको सम्बन्ध निकै राम्रो थियो कुनै समय ।

युवराजसँग लागेपछि किमको चर्चा
फिल्मवाट चर्चा पाउन नसकेपनि मोडल किम शर्माले क्रिकेटर युवराज सिंहको सम्बन्धवाट भने राम्रै चर्चा पाईन् । भिभियान रिचार्ड र नायिका नीना गुप्ताले प्रेम विवाह गरे । उनीहरुको बिबाहबाट एक छोरीको जन्म भएको छ ।
सन् १९८३ मा भारतीय नायिका रिना रायले पाकिस्तानी क्रिकेटर मोहसीन खानसँग विवाह गरेकी थिईन् । बिबाहपछि रिनाले फिल्मलाई चटक्कै छाडेपनि बैबाहिक जीवन भने सुखी हुन सकेन ।
अर्का खेलाडी सौरभ गाँगुली बिबाहित भए पनि केही समय हिरोईनको सम्पर्कमा रहेको हल्ला ब्यापक चलेको थियो । दक्षिण भारतीय अभिनेत्री नगमासँग उनको हिमचिम रहेको चर्चा थियो ।
मन्सुर अलि खान भारतीय क्रिकेट टिमका तत्कालिन कप्तान थिए । नायिका शर्मिला टेगोरसँग उनको हिमचिम भएको कुरो साथीको एउटा पार्टीमा थाहा भयो । कारण मन्सुरले शर्मिलालाई पार्टीमा लिएर गएका थिए । त्यसको चार वर्षपछि सन् १९६५मा त उनीहरुले बिबाह नै गरे ।
संगीता बिजलानी र अजहरुद्दीनका विषयमा सर्वसाधारणले त्यति धेरै जानकारी पाएका थिएनन् । तर, उनी पछि अजहरुद्दीनकै दोस्री श्रीमति बनेर भित्रिईन् ।
मोडल नेहा धुपिया र युवराज सिंहको रोमान्सले राम्रै चर्चा पाएको थियो एकताक बलिउडमा । तर, अहिले उनीहरुको सम्बन्ध पहिला जस्तो राम्रो छैन । अमृता सिंह बलिउडमा प्रवेश गर्दै गर्दा रबी शास्त्रीसँग प्रेममा थिईन्  @onlinekhabar




0 comments for "बलिउड हिरोइन र क्रिकेटरवीचका १० प्रेम कहानी"

Leave a reply

    Popular Posts

    Blog Archive