Published On:Monday, February 23, 2015
Posted by Unknown

राती बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्रीलाई के भने


१२ फागुन, काठमाण्डौ- राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार राति कुराकानी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दाहालले वार्ताका लागि कोइरालाले गरेको प्रयास सकारात्मक भएको बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

उनले प्रधानमन्त्रीले लिखित रुपमा दुई पटक बिपक्षीलाई वार्ताका लागि गरेको आग्रह सकरात्मक भएको उल्लेख गर्दै शिर्ष तहमा औपचारिक वार्ताको वातावरण बनाउन आग्रह गरे । 'तपाईले वार्ताका लागि गरेका प्रयास सकमरात्मक छ, यसले वार्ताको वातावरण बनाउँदै लगेको छ' दाहालको भनाइ थियो, 'संविधानसभामा बहुमतीय प्रक्रिया रोक्ने हो भने वार्ताका लागि हामी जतिबेला पनि तयार छौ ।' दाहालका स्वकीय सचिब चूडामणि खडकाका अनुसार कोइरालाले वार्ताको वातावरण बनाउन आफू तयार भएको बताएका थिए ।

कोइराला र दाहालबीच एक्लाएक्लै कुराकानी भएको यो दोस्रो पटक हो । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने सन्दर्भमा दुई नेताबीच राजनीतिक छलफल पनि भएको हो । दाहालले बिपक्षीको पहिलो चरणको आन्दोलन समापन भएलगत्तै ठोस वार्ता हुनुपर्ने बताएका थिए । बिपक्षीले फागुन १६ गते पहिलो चरणको आन्दोलन समापन गर्ने कार्यक्रd छ ।

दुई  नेताबीच करिब ३६ मिनेट भएको कुराकानीमा दोस्रो तहका नेताले सहमतिका लागि गरेको प्रयासबारे पनि कुराकानी भएको थियो । माघ ५ को बिन्दुबाट छलफल गरी अघि बढा सहमति हुने संभावना रहेको दुई नेताको बुझाइ छ .

0 comments for "राती बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्रीलाई के भने"

Leave a reply

    Popular Posts

    Blog Archive