Published On:Wednesday, February 25, 2015
Posted by Unknown

क्रिकेट इतिहासकै दुर्लभ घटना: बलले स्टममा लाग्दा पनि नटआउट !


ब्रिसबेन, १३ फागुन । अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्तरुपमा आयोजना गरेको विश्वकप क्रिकेट प्रतियोगितामा बुधबार क्रिकेट इतिहासकै दूर्लभ घटना घटेको छ ।



प्रसंग हो, युएई र आयरल्याण्डबीच अष्ट्रेलियाको ब्रिसबेनमा भएको खेलको । आयरल्याण्डका एड जोइस यस्ता भाग्यमानी ब्याट्सम्यान ठहरिए जो बलले सिधै स्टममा लाग्दा पनि बोल्ड आउट हुनुको साटो नटआउट रहे । युईएका अम्जाद जाभेदले एघारौं ओभरको चौंथो बलमा आयरल्याण्डका जोइसलाई विट गर्दै बल सिधै स्टममा ठोकाउन पुर्‍याए, तर दुर्भाग्य उनको सेलिब्रेसन खल्लो भयो । बलले लागेपछि केही उठेको बेल पुन: त्यहीँ सेट भयो ।


बल स्टममा लागेर एलइडी लाइट बलेपछि युएइका फिल्डरहरु खुसी मनाउन व्यस्त थिए । तर, अम्पायरले आउट दिएनन् । कारण थियो बलले स्टममा लागेपनि बेल भुँइमा झरेन । क्रिकेटको पूरानो नियम अनुसार विकेट दिनका लागि बेल झर्नु अनिवार्य हुन्छ । तर एलइडी स्टम बलेपछि बलले लागेको भने प्रस्टै थाहा भयो । त्यसपछि लगत्तैको बललाई जोइसले बाउन्ड्रीको दिशा देखाएका थिए । त्यसपछि ड्रिंक्सको समयमा स्टम बदलिएको थियो । @nepalikonews

0 comments for "क्रिकेट इतिहासकै दुर्लभ घटना: बलले स्टममा लाग्दा पनि नटआउट !"

Leave a reply

    Popular Posts

    Blog Archive