Published On:Wednesday, February 25, 2015
Posted by Unknown

शिक्षाशास्त्र नपढेपनि लाइसेन्स पाउने


१४ फागुन, काठमाण्डौ- सरकारले शिक्षा मन्त्रालयको प्रस्तावमा शिक्षक सेवा आयोगको नियमावली संशोधन गरी शिक्षाशास्त्र नपढेकाले पनि शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ । विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक इन्जिनियरिङ, पशुपालन र बालीविज्ञान विषय अध्ययन गरेकाहरूले समेत शिक्षक लाइसेन्स लिन पाउने व्यवस्था गरेको हो ।

यसअघि शिक्षाशास्त्र पढेका वा दसमहिने शिक्षक तालिम लिएकाले मात्र स्थायी लाइसेन्स लिन पाउँथे । २०५९ सालबाट लागू भएको लाइसेन्सको व्यवस्था भएको हो । प्रवेशिका (एसएलसी० परीक्षामा गणित, विज्ञान, अंग्रेजीलगायत विषयमा अधिक विद्यार्थी अनुत्तीर्ण भएपछि नयाँ व्यवस्था गर्नु परेको जनाइएको छ ।

विज्ञहरूको सुझावअनुसार शिक्षाशास्त्रबाहेक विभिन्न संकायमा पढेकालाई लाइसेन्सको अनुमति खुला गरिएको हो । यो व्यवस्थाले विषयगत शिक्षणमा प्रतिस्पर्धा बढाउन मद्दत पुग्ने ठानिएको छ । मन्त्रालयले केही दिनअघि नियमावली संशोधन गरी नयाँ व्यवस्था गरेको हो । लाइसेन्सको परीक्षामा कम्तिमा ५० अंक हासिल गर्नेले मात्र लाइसेन्स पाउनेछन् । यसअघि ४० अंक प्राप्त गर्नेले पाउँथे ।
यसैबीच  शिक्षा मन्त्रालयले अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका व्यक्ति शिक्षकमा नियुक्ति गर्न लागेको भन्दै एमाओबादी समर्थिक कर्मचारी संगठनले बिरोध जनाएको छ ।

सरकारले केही विषयमा शिक्षाशास्त्र नपढेकाले समेत लाइसेन्स लिन र स्थायी पदपूर्तिमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेपछि विरोध जनाएका हुन् । शिक्षक सेवा आयोग नियमावलीको नवौँ संशोधनमा नयाँ व्यवस्था भएको हो ।
गत माघ २६ गते जारी राजपत्रमा विज्ञान, गणित, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिकल इन्जिनियरिङ, पशुपालन वा वाली विज्ञान विषयमा स्नातक गरेकाले माध्यमिक तहको शिक्षण अनुमति पत्रका लागि लिइने परीक्षा वा शिक्षकमा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था प्रकाशित छ ।  

यसको बिरोध गर्दै राष्ट्रिय कर्मचारी संगठन शिक्षा विभागीय कार्यसमितिले बुधबार यसको बिरोध गर्दै शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई ज्ञापन पत्र बुझाएको छ । 'केही जिल्ला वा विद्यालयको अस्थायी शिक्षक स्थानीय रुपमा उपलब्ध हुन नसकेको भ्रम रचेर तालिम नभएको कोरा ज्ञान मात्र प्राप्त गरेका व्यक्तिहरुलाई शिक्षण जस्तो प्राविधिक कार्यमा भित्रयाउने दुष्प्रयास भएको छ,'ज्ञापनपत्रमा भनिएको छ,'यस्ता कार्यले दुरगामी प्रभाव भएकोले अध्ययन अनुमति पत्र प्राप्त जनशक्ति प्रर्याप्त मात्रामा रहेकोले स्थायी विज्ञापन मार्फत अबिलम्ब परिपूर्ति गर्ने व्यवस्था गरियोस् ।' सचिव पण्डितले दक्ष शिक्षकको व्यवस्था गर्न यस्तो वयवस्था गरिएको बताए । झन्ड्याएको थियो 

0 comments for "शिक्षाशास्त्र नपढेपनि लाइसेन्स पाउने"

Leave a reply

    Popular Posts

    Blog Archive