Published On:Wednesday, February 18, 2015
Posted by Unknown
भदौ अन्तिम साता महाधिवेशन गर्ने कांग्रेसको निर्णय
क्रियाशील सदस्यता छानविन गर्न समिति गठन
क्रियाशील सदस्यता छानविन गर्न समिति गठन
क्रियाशील सदस्यता छानविन गर्न समिति गठन
६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले भदौ २४ देखि २८ पार्टीको १३ औं महाधिवेशन गर्ने निर्णय गरेको हो ।बैठकमा पदाधिकारी बैठकको निर्णय अनुसार भदौ १ देखि ५ गतेसम्म पार्टीको १३ औं महाधिवेशन गर्ने प्रस्ताव पेश भएको थियो । तर, नेताहरुले वर्षाको समयमा वडा, गाउँ तथा नगर अधिवेशन गर्न नसकिने धारणा राखेपछि सबै कार्यक्रम संशोधन गरिएको छ ।
बैठकले नगर वडा, गाउँ र नगर अधिवेशन आगामी साउन १४ गते, निर्वाचन क्षेत्रीय अधिवेशन २२ गते र जिल्ला अधिवेशन २६ गते गर्ने निर्णय गरेको छ ।
यसअघि वडा, गाउँ र नगर समितिको समितिको अधिवेशन साउन २ गते, निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन ९ र जिल्ला अधिवशेन १६ गते प्रस्ताव गरिउको थियो ।
कांग्रेसको महाधिवेशन असोज पहिलो साताभित्र गरी सक्नु पर्ने कानुनी बाध्यता छ ।
२०६७ असोज पहिलो साता भएको महाधिवेशनले सुशील कोइरालाको नेतृत्वमा चयन गरेको कार्यसमितिको चार वर्षे कार्यकाल भदौमै सकिएको छ । तर, विधान अनुसार एक वर्ष थप गरिएको छ । थपिएको म्याद आगामी असोजमा सकिनेछ ।
क्रियाशील सदस्यता छानविन गर्न समिति गठन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता छानविन गर्न नरहरि आाचार्यको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा रमेश लेखक र रामकृष्ण यादव सदस्य छन् ।
छानविन समितिले २०७२ वैशाख मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा देखिएका सम्पूर्ण विवाद टुंग्याई केन्द्रीय कार्यसमितिमा पेश गर्नु पर्नेछ ।